स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको १४ औ स्थापना दिवसमा असहाय महिलालाई सहयोग

२०७९ भाद्र १७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, १७ भाद्र । बिश्व भरका स्याङ्जाबासिहरुको साझा सस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको बार्षिक कार्यक्रम अन्तर्गत आज १७ भाद्र २०७९ का दिन सस्था स्थापनाको १४ औ स्थापना दिवस तथा हिन्दु नारिहरुको बिशेष पर्व हरितालिका तीजको अवसरमा सस्थाका अध्यक्ष टुकराज अर्यालको अन्तर्राष्ट्रिय समन्वय तथा वरिष्ठ उपाध्यक्ष भोला पौडेलको अध्यक्षता एबम सस्थाका सस्थापक अध्यक्ष वर्तमान संरक्षक अनन्त कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सस्थाको केन्द्रिय कार्यालय पुतलीबजार १ स्याङ्जामा भौतिक तथा भर्चुअल दुबै माध्यमबाट सहभागी हुने ब्यवस्थापन का बिच सम्पन्न भयो ।

भौतिक तथा जुम माध्यमबाट कार्यक्रममा उपस्थित सम्पुर्णलाई कार्यक्रम संयोजक तथा सस्थाको महिला संयोजक निर्मला तिवारीले भर्चुअल तथा कार्यसमिति सदस्य गुप्त गैह्रेको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा रास्ट्रीय गान र दिवङत सस्थाका सस्थापक तथा शुभेच्छुक हरुको स्मरणमा मौन धारणा गरिएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथी तथा सस्थापक अध्यक्ष एबम वर्तमान संरक्षक अनन्त कुमार श्रेष्ठले कार्यक्रमको ब्यानर अनावरण तथा सस्थापक ओम प्रकाश शर्मा तथा सस्थापक तारामान श्रेष्ठ को उपस्थिति र सहयोगमा सस्था स्थापनाको १४ औ स्थापनाको केक काटेर औपचारिक उद्दघाटन गर्नु भएको थियो ।

यो कार्यक्रममा भर्चुअल रुपमा उपाध्यक्ष नरेश जि सि, महिला सचीव इन्दिरा खनाल तथा सल्लाहकार भेषराज पराजुली एबम भौतिक रुपमा प्रमुख सल्लाहकार प्रकाश श्रेष्ठ, संरक्षक खेम काफ्ले , सस्थापक तारामान श्रेष्ठ ,सस्थापक ओम प्रकाश शर्मा ले शुभकामना मन्तव्य राख्नु भएको थियो । सस्थाको तर्फबाट कार्यक्रममा उपस्थित सस्थापकलाइ ढाकाटोपी र खादाले सम्मान गरिएको कार्यक्रममा हिन्दु नारिहरुको महान पर्व हरितालिका तीजको अवसरमा सस्थाकी महिला संयोजक निर्मला तिवारी को संयोजकत्वमा उपाध्यक्ष माया के सि सचिब इन्दिरा खनालको विशेष पहलमा सस्थाको निर्णय बमोजिम समग्र स्याङ्जा जिल्लामा सस्थागत अनुभुति हुनेगरी सस्थाका पालिका संयोजकको सिफारिसमा प्रत्येक पालिकाबाट आर्थिक बिपन्न असहाय अशक्त पिडित महिला लाई आर्थिक सहयोग गर्ने कार्यक्रम अनुरुप उपस्थित महिलालाई सोही कार्यक्रममा सहयोग हस्तान्तरण गरियो कारण बश भौतिक रुपमा उपस्थित हुन नसक्ने महिलालाई सस्थाको केन्द्रिय कार्यालय बाट पालिका संयोजक मार्फत हस्तान्तरण गरिने छ ।

कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट सस्थाको स्थापना देखि वर्तमान सम्मको यात्रामा आफुले गरेका सस्थागत अनुभुव बारे जानकारी गराउदै अझै सस्थागत बिकास र सफल कार्ययोजनाका अगाडि बढ्ने कामना सहित शुभकामना व्यक्त गर्नु भयो । भर्चुअल रुपमा कार्यक्रममा आफ्नो बिशेष मन्तव्य राख्नुहुदै सस्थाका अध्यक्ष टुकराज अर्यालले भौतिक तथा भर्चुअल रुपमा उपस्थित भै सहयोग गर्नुहुने सम्पुर्णलाई आभार सहित बिशेष धन्यवाद प्रकट गर्दै सस्थाले सन्चालन गरेको बृहत् अक्षयकोष निर्माण कार्यमा सहभागी हुन आग्रह गर्नु भयो । कार्यक्रमको अन्तमा कार्यक्रमका अध्यक्ष तथा सस्थाका वरिष्ठ उपाध्यक्ष भोला पौडेलले सस्था स्थापना गरि वर्तमान अवस्थामा ल्याउनुहुने समस्त अग्रजहरुमा आभार प्रकट गर्दै कार्यक्रममा सहयोग गर्नुहुने उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै समापन गरिएको कार्यक्रम सस्थाका महासचिव मुक्ती सुवेदीले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार