थाई नेभीद्वारा जलिरहेको जहाजबाट चार बिरालाको उद्धार

२०७७ फाल्गुन २४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हेर्नेकुरा समाचार, कठमाडौं ।
थाइल्याण्डको नेभी सेनाले अंडमान समुन्द्रमा बेवारिसे छोडिएको जलिरहेको जहाजबाट चार वटा बिरालोको उद्धार गरेको छ ।

ad
मानव यात्रुलाई पहिला नै जहाजबाट उद्धार गरिसकेको थियो तर पछि नेभीले तेल लिक भएको अनुसन्धान गर्दा बिरालो भेटाएको थियो । एक जना डुङ्गा चालकले सुरक्षित तरिकाले जलिरहेको डुङ्गाबाट निकालेका थिए ।

कोह आडांग टापूबाट १३ किलोमिटरको दुरीमा मंगलबार फामोनसिन नाभा, १० माछा मार्ने डुङ्गामा आगलागी भएको थियो र डुबानमा परेको थियो ।

थाइल्याण्डको पत्रिका, द नेसनको अनुसार, चालक दलको सबै आठ जना सदस्यले समुन्द्रमा हाम फालेका थिए र उनीहरूलाई नजिकैबाट जाँदै गरेको अर्को जहाजले उद्धार गरेको थियो ।

जब नेभीलाई जहाजको बारेमा जाँच गर्दा काठको बिममा बिरालो भेटाएका थिए ।

नेभी एयर एण्ड कोस्टल डिफेन्स डिभिजनका पहिलो श्रेणीका अफिसर, वीन्सिट पुकडेलन भन्छन्, ‘मैले आफ्नो क्यामेरा बाट जुम गरेर हेरे र एक-दुई वटा बोरालोको टाउको बाहिर देखे ।’

उक्त उद्दारको बारेमा फेसबुक प्रयोगकर्ताले फेसबुकमा एउटा पोष्ट गरेका छन् र त्यसमा दुई हजार भन्दा धेरै कमेन्ट आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय