गल्याङ महोत्सवमा आज पशुपति शर्माले धमाका गर्ने

२०८१ बैशाख ६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई
स्याङ्जा,६ बैशाख । चर्चित लोक तथा दोहोरी पशुपति शर्मा आज अर्थात् बैशाख ६ गते गल्याङ महोत्सवमा आउने हुने भएको छ । स्याङ्जा जिल्ला निवासी गायक शर्माले आज महोत्सवमा प्रस्तुति दिने आयोजकले जनाएको छ ।

महोत्सवमा शर्मा सहित यज्ञ सापकोटा,गायिका मधु थापा,गायिका मन्जु भट्टराई,लोक तथा चर्चित गायक घनश्याम रिजाल,गायक जगत गौडेलको पनि बिशेष प्रस्तुति रहनेछ ।

त्यस्तै महोत्सवमा स्याङ्जा डान्स आइडल सिजन ३,रत्यौली प्रतियोगिता,जिल्ला स्तरीय भलिबल प्रतियोगिताले समेत महोत्सवलाई रोचक बनाएको छ ।

गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा चैत ३० गते बाट गल्याङ नगरपालिका ३ को तल्लो गल्याङ खेल मैदानमा सुरु भएको महोत्सव बैशाख ९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय