चैत १ गते नेकपा एमालेको बैठक बस्ने तयारी

२०७७ फाल्गुन २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दिवस भण्डारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने भएको छ । चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको छ तर, अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको नेताहरूले बताएका छन् ।

सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो ।आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै बैठकबारे कहि निष्कर्ष हुने छ । यसका लागी आज पनि शीर्ष नेताहरुसँग छलफल जारी रहने छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने छ। एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी ओली अघि बढेको गुनासो गर्दै आएको छ । केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय