आवश्यक परे कांग्रेसले सरकारको नेतृत्व गर्छ तर अवस्था परिपक्क भइसकेको छैन: रमेश लेखक

२०७७ चैत्र ९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, चैत ९।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आवश्यक परे पार्टीले सरकारको नेतृत्व लिने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने आवाज उठिरहेका बेला बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सरकार गठनबारे भने आज कुनै छलफल नभएको दाबी लेखकले गरेका छन्।

‘आवश्यकता पर्‍यो भने पार्टीले सरकारको नेतृत्व गर्छ भनेकै छ,’ सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता लेखकले भने, ‘तर सरकार बनाउनका लागि परिस्थिति सुनिश्चित र अवस्था परिपक्क भइसकेको छैन।’

परिस्थिति सुनिश्चित कहिले हुन्छ र के गर्दा हुन्छ भन्नेबारे लेखकले खुलाएनन्।

‘कांग्रेसले सरकारको नेतृत्व गर्ने कुरा परिपक्क हिसावले निर्णय गर्नुपर्छ,’ उनले भने, ‘सरकारलाई नेतृत्व दिन भने तयार नै छौं।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार