ताप्लेजुङमा टिप्पर दुर्घटनामा परी एक युवकको मृत्यु   

२०७७ चैत्र १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ताप्लेजुङ, १७ चैत 
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका सिकैचामा भएको टिप्पर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको प्रदेश ०१०५ ९२७१ नंको टिप्पर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएकोे हो     
    
 दुर्घटनामा परी चालक यामबहादुर विक मन्दीप लिम्बू घाइते भएको युनिटेक हाइड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिनुभयो उनीहरुको झापामा उपचार भइरहेको     
    
 फावाखोलामा निर्माणाधीन युनिटेक हाइड्रोपावर निर्माणस्थलमा काबेली खोलाबाट बालुवा लिएर जाने क्रममा गएराति दुर्घटना भएको थियो मृतक विक हाइड्रोपावर निर्माणको ठेक्का लिएको निर्माण कम्पनी, माछापुछ« इन्जिनीयरिङ प्रालिका कामदार रहेको निरौलाले जानकारी दिनुभयो     
    
 मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङमा शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भएको जनाइएको टिप्पर सडकबाट झण्डै ५० मिटर तल झरेको थियो दुर्घटनाको कारण खुलेको छैन     
(रासस)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार