पोखरा ४ को बजेटले कोभिडको खोप किन्न ध्यानाकर्षण

२०७८ जेष्ठ १४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जेठ १४ पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ४ ले आगामी आर्थिक वर्ष ०७८÷७९ को सम्पूर्ण बजेट कोभिड १९ नियन्त्रणमा खर्च गर्न ध्यानाकर्षण गराएको छ ।

वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले वडाबासीको जिवन रक्षाका लागि आगामी वर्षको बजेट कोभिड विरुद्धको खोप खरिद गर्न पोखरा महानगरपालिकालाई ध्यानाकर्षण पत्र पठाउनुु भएको छ । गत जेठ ९ गते बजेटको सिलिङ भइसकेको अवस्थामा जेठ १३ गतेको वडा समितिको बैठक अनुसार महानगरलाई ध्यानाकर्षण गराइएको बास्तोलाले बताउनुभयो ।

वडा समितिको बैठकले वडामा सञ्चालन गरिने कार्यक्रम तथा आयोजनाहरु आगामी आर्थिक वर्षहरुमा गर्ने तर कोभिड १९ महामारी समयमा कोभिड केन्द्रित हुने निर्णय गरेको थियो । सोही बैठकको निर्णय अनुसार कोरोना नियन्त्रणका लागि आगामी वर्षको बजेट कोभिड विरुद्धको खोप व्यवस्थापनमा खर्च गर्ने गरि व्यवस्थापन गर्न महानगरलाई ध्यानाकर्षण गरिएको बास्तोलाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय