उपप्रमुख तिवारीलाई पितृशोक

२०७८ श्रावण १, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साउन १, स्याङ्जा । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । तिवारीका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको हो ।

यसअघि कुनैपनि किसिमको स्वास्थ्य समस्या नभएता पनि पिताको आज बिहान हृदयघातका कारण निधन भएको परिवारिक भनाई छ । स्वर्गीय तिवारीका वालिङ नगर उपप्रमुख एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष कल्पना तिवारीसहित दुई छोरी र तीन छोरा हुनुहुन्छ । स्वर्गीय तिवारीको शवलाई आज नै रामनदीधाम राम्दीमा अन्त्येष्टि गरिएको छ । यसैबीच वालिङ नगर उपप्रमुख कल्पना तिवारीका पिता भीमलाल तिवारीको निधनप्रति वालिङ नगरपालिकाले दुःख ब्यक्त गरेको छ ।

नगर प्रमुख दिलीपप्रताप खाँणले आज एक शोक वक्तब्य जारी गर्दै तिवारीको निधनले एक असल अभिभावक गुमाएको उल्लेख गर्नुभएको छ । तिवारीको निधनप्रति दुःख ब्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी समवेदना प्रकट गर्नुभएको छ । स्वर्गीय तिवारीको निधनप्रति दुःख प्रकट गर्दै नेपाली काँग्रेस स्याङ्जासहित वालिङ उद्योग वाणिज्य संघले शोकसभाको आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार