स्याङ्जाका डिएसपी अधिकारी ‘उत्कृष्ट प्रहरी’

२०७८ भाद्र १०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हिमलाल घर्ती

भदौं १०, स्याङ्जा । नेपाल प्रहरीमा कार्यरत कर्मचारीले समाजमा खेलेको शान्ति सुरक्षामा खेलेको भुमिकाको आधारमा हरेक महिना र बर्षमा उत्कृष्ट प्रहरी पुरस्कृत गर्ने अभियान शुरु एक बर्ष पुरा भएको छ । प्रहरी कर्मचारीको मनोबल उच्च राख्न प्रहरी प्रधान कार्यालयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ‘उत्कृष्ट प्रहरी’ पुरस्कारलाई निरन्तरता दिदै आएको छ ।

प्रहरी कर्मचारीलाई डिउटीमा खटिएको कामको आधारमा प्रहरी जवान देखि प्रहरी अधिकृत सम्म पुरस्कृत गरिदै आएको छ । यसै क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारीलाई २०७७ सालको ‘उत्कृष्ट प्रहरी’ पुरस्कारबाट सम्मानित भएका छन् । अधिकारीले मातहतका प्रहरी कर्मचारीहरुलाई उचित ढंगले परिचालन गरी प्रहरी कार्य, प्रशासनिक ब्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण लगायत फरार रहेका बिभिन्न प्रतिवादीहरु पक्राउ लगायतमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताए । अबैध घरेलु मदिरा नियन्त्रण, कोभिड १९ नियन्त्रण एबं बिभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालनमा उत्कृष्ट कार्यान्वयन गराउन डिएसपी अधिकारीको भुमिका प्रभावकारी रहेको प्रहरी प्रमुख बोगटीले बताए ।

सुचनालाई चुस्त दुरुस्त राख्न र प्रवाहमा भुमिका राम्रो हुदा कार्यालयको काममा पारर्दशिता देखियो प्रहरी प्रमुख बोगटीले भने,‘जसले गण्डकी प्रदेशकै उत्कृष्ट हुन सफलता तुल्यायो ।’ स्थानिय निकाय, बिभिन्न सरोकारवालाहरुसंग आवश्यक समन्वय गरी समाजमा शान्ति सुरक्षा कायम राखी आम नागरिक माझ प्रहरी संगठनको छबि उच्च बनाउन भुमिका खेलेकोले बर्ष २०७७ को ‘उत्कृष्ट प्रहरी’ सम्मानबाट पुरस्कृत गरिएको हो उनले भने । १५ महिना अगाडी आएका अधिकारी जिल्ला प्रहरी कार्यालय स्याङ्जा जेष्ठ २२ गते हाजिर भएका थिए । प्रहरीले गरेको काम कारवाहिको बारेमा सहज रुपमा सूचना दिने भुमिकामा अधिकारी जिल्लाका पत्रकारका पनि प्रशंसीत रहेका छन् । जिल्ला प्रहरी कार्यालयमा १२ जना प्रहरी कर्मचारी पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय