स्याङ्जाको मल्लखरक टोल पहिरोको उच्च जोखिममा

२०७८ भाद्र १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कृष्ण बस्याल 

भदौं १५, स्याङ्जा । अविरल बर्षाको कारण गल्याङ नगरपालिका ९ मल्लखरक टोल पहिरोको उच्च जोखिममा परेको छ।

अव्यवस्थित खनिएका सडकका कारण गाउँको माथिबाट करादी साङ्लिङ्गा सडक खण्डको छेउको भाग दबेको र उक्त टोलमा जान खनिएको सडक टोल नजिकैबाट पहिरो गएपछि उक्त टोल पहिरोको जोखिममा परेको हो । तीन घर बसोबास गर्दै आएको उक्त टोल आइतवार पहिरो खसेपछी त्रासमा बस्दै आएको छ।

टोलबाट अन्यत्र आवतजावत गर्न समेत कठिन हुनेगरी पहिरो गएपछि टोल वासीहरुले आफुहरु पहिरोको उच्च जोखिममा रहेको रिमबहादुर सीङ्जालीले हेर्ने कुरालाई जानकारी दिनुभयो। उहाँले हामी सँग कुराकानी गर्दै भन्नू भयो कच्ची तथा अव्यवस्थित खनिएको सडकले बर्षातको पानीलाई व्यवस्थित नगरेपछि टोलनै पहिरोको जोखिममा रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय