एनआरएनए सचीवमा गिरिको उम्मेदवारी घोषणा

२०७८ भाद्र २०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भदौ, २० काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको अक्टोबरमा हुने दशौ महाधिवेशनको लागि युएई बाट निमेष गिरिले सचीव पदमा उम्मेद्बारी घोषणा गर्नु भएको छ ।

युएईमा लामो समय बसेर सामाजिक क्षेत्रमा क्रियासिल गिरिले “‘बिश्वास, सहयोग र समर्थन” नारा सहित आफ्नो उम्मेद्बारी घोषणा गर्नुभएको हो । एनआरएनए युएईका अभियन्ता समेत रहनु भएका गिरि प्रष्ट र स्पष्ट वक्ताको छबि बनाउनु भएको छ । युएईका प्रायः समाजका निर्णायक बनेगरेपनि पदको लागि कहिल्यै दाबी नगर्ने उहाँले यसपटक भने सचिवमा उम्मेद्बारी घोषणा गर्नुभएको हो । सामाजिक काममा कहिल्यै पदको अपेक्षा नगरी निरन्तर लाग्ने उहाँले एनआरएनएले आफ्नो स्थापनाको उदेश्य छाड्न थालेको भन्दै आफुले उम्मेद्बारी घोषणा गरेको बताउनु भएको छ ।

युएईमा रहेका प्राय सबै नेपालीका अभिभावकको भुमिका निर्वाह गर्ने गिरि नेपाल पत्रकार महासंघ युएई शाखाको सस्थापक सदस्य समेत हुनुहुन्छ । युएईमा लामो समय बसेर सक्रिय पत्रकारिता गर्नुभएको उहाँको उम्मेद्बारीलाई युएईले मात्रै नभएर सिङ्गो एनआरएनएले अर्थपूर्णरुपले हेरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार