कांग्रेस संसदीय दलको बैठक बस्दै

२०७८ भाद्र २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हिमलाल घर्ती 

भदौ , २२ काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको सङ्घीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश र बजेटलगायत विषयमा छलफल हुने पार्टीका सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यही भदौ २३ गते अपरान्ह ४ बजे सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार