भदौ , २४ पोखरा । नेपाली कांग्रेसको पोखरा महानगरपालिका समितिको सचिवमा गणेशबहादुर थापाले उम्मेदवारी घोषणा गर्नुुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिकाहरुका २७ भदौमा अधिवेशन हुँदैछ । अधिवेशनले पालिका समितिहरुको नयाँ कार्यसमिति चयन गर्नेछ ।
पोखरा ३२ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित थापा विद्यालय जीवनदेखि नेपाल विद्यार्थी संघमा सक्रिय हुँदै राजनीतिमा आउनुुभएको छ । उहाँले काठमाडौंको शंकरदेव र त्रिचन्द्र कलेजमा नेपाल विद्यार्थी संघका इकाईमा सदस्य रही सक्रिय भूमिका निर्वाह गर्नुुभएको थियो । २०७० र ७४ सालको आम निर्वाचनमा कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारको सचिवालयमा रही निर्वाचन परिचालनमा थापा खटिनुुभएको थियो । आउँदा स्थानीय र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पोखरा र कास्कीमा कांग्रेस उम्मेदवारलाई जिताउने गरी कांग्रेसलाई चुस्तदुरुस्त बनाउन आफूले महानगरपालिकाको पदाधिकारीमा जानुपर्ने आवश्यकता देखेको थापाले बताउनुभएको छ।
‘गएको निर्वाचनमा पोखरा महानगरपालिकाको नेतृत्वमा नेपाली कांग्रेस जान नसक्दा हामी सम्पूर्ण महानगरबासीले ठूलो घाटा व्यहोर्नुपरेको छ थापाले भन्नुुभयो, ‘अबको निर्वाचनमा कांग्रेसका उम्मेदवारले जित्ने गरी हाम्रो संगठनलाई बलियो बनाउनुपर्नेछ, र तलतलका जनतासँग कांग्रेसलाई जोड्नुपर्ने छ ।’
पोखरा महानगरपालिकामा कांग्रेसका उम्मेदवारलाई जिताएर पोखरालाई डिजिटल युगमा लैजानुपर्ने थापा बताउँनुुहुुन्छ। ‘नागरिकहरुको सेवा गर्नुपर्ने निकायहरुको सेवा र सुविधामा आमूल परिवर्तन गर्न डिजिटल प्रणाली लागु गर्नुपर्छ,’ उहाँले भन्नुुभयो, ‘अब कार्यालयमा धाएर सेवा लिनेभन्दा पनि घरबाटै लिनसक्ने प्रविधि लागु हुनुपर्छ ।’ कर तिर्न जाँदा सास्ती होइन सम्मान पाउने निकाय पोखरा महानगरपालिकालाई बनाउन पनि त्यहाँ कांग्रेसका उम्मेदवारले आउँदो चुनावमा जित्नै पर्ने उहाँको भनाइ छ । ‘जनप्रतिनिधिहरु भएका निकायहरुमा उच्चतम प्रणाली सुधारको थालनी गर्नुपर्छ । आजको युगमा पनि नियमित हुने कामहरु ठेक्का पट्टाले मात्र जनतालाई परिवर्तनको महसुस गराउन सकिँदैन,’ थापा भन्नुहुन्छ, ‘आधारभूत तहबाटै प्रणाली सुधारमा भइरहेको अलमललाई चिर्न अब ढिला गर्नु हुँदैन । मेरो उम्मेदवारी विधि स्थापनाकै लागि हो ।’
‘पोखरा अथाह सम्भावना भएको सहर हो,’ थापाले भन्नुुभयो, ‘तर आज कांग्रेस महानगरको नेतृत्वमा नहुँदा पोखरा धेरै पछाडि पारिएको छ, कम्युनिस्टले महानगरको सम्भावनामाथि कुठाराघात गरेका छन् ।’ कर्पोरेट अर्थात संस्थागत रुपमा पोखरालाई अगाडि बढाउनुपर्ने नारा दिँदै थापाले तीन पक्षलाई महत्वपूर्ण रुपमा उठान गरेका छन् । उहाँले ‘नियम’, ‘अभ्यास’ र विधि स्थापनाका लागि ‘प्रक्रिया’ मा जोड दिनुभएको छ। बिबिए र कानुनमा स्नातक गरेका थापा लेकसाइड बाराही चोकस्थित होटल स्नोल्यान्डका सञ्चालक हुनुहुन्छ ।