लल्याङको पहिरोको र गल्याङ चापाकोट सडकको जोखिममा सरकारको ध्यानाकर्षण (भिडियो सहित)

२०७८ आश्विन ७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दिवस भण्डारी 

असोज ७ स्याङ्जा । करिब ८० घर परिवारलाई जोखिम बनाएको लल्याङको पहिरो र यस क्षेत्रको पुरानो सडक गल्याङ चापाकोट सडकको बिसयमा गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले यी क्षेत्रमा सरकारको तुरुन्त ध्यानाकर्षण हुन आग्रह गर्नुभएको छ ।

मंगलबार बसेको गण्डकी प्रदेशसभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद मल्लले गल्याङ चापाकोट सकडको ३० वर्षदेखि अलपत्र परेको र गल्याङ नगरपालिका ३ ललाङभन्दा तल भर्ला भन्ने ठाउँमा रहेको ठूलो पहिरो भन्दा माथि रहेको ७५–८० घर पहिरोको उच्च जोखिम रहेको भन्दै यो बस्ती बचाउनको लागि आवश्यक बजेट विनियोजन गर्न समेत आग्रह गर्नुभएको छ ।

सिद्धार्थ राजमार्गबाट गल्याङ र चापाकोट नगरपालिका जोड्ने उक्त सडकको पाँच किमि टेन्डर भएपनि अहिलेसम्म काम शुरु नभएको र बाटो हिलाम्मे भएर हिड्न नसकिने भएको बताउनुभएको छ ।

सांसद मल्लले त्योभन्दा अगाडिको १८ किमि सडक डिपिआर भएको भन्ने सुनिए पनि त्यो कहाँसम्म पुगेको छ भनेर प्रश्न गर्नुभएको हो । उहाँले डिपिआरको काम छिट्टोभन्दा छिट्टो पूरा गरेर टेन्डर गराउन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय