संविधानले दिएको अधिकार उपयोग गरि प्रधानमन्त्रीले न्याय गर्नुभयो : काङ्ग्रेस नेता श्रेष्ठ

२०७८ आश्विन २३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा २३ असोज । नेपाली काङ्ग्रेस संगठन विभाग प्रमुख एवं पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले नेपाली काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले संविधानले दिएको अधिकार उपयोग गरि न्याय गरेको बताउनु भएको छ ।

विभिन्न सञ्चार माध्यम र नेपाली काङ्ग्रेस भित्रै पनि नेता गजेन्द्र बहादुर हमाललाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बनाएको विषयमा प्रधानन्यायाधीशसंग जोडी अतिरञ्जित गरिएको प्रती आपत्ति जनाउदै नेता श्रेष्ठले यस्तो कुरा बताउनुभएको हो ।

हमाल नेपाली काङ्ग्रेसको सकृय नेता भएको बताउदै उहाँले भन्नुभयो ूगजेन्द्र हमाल नेपाली काङ्ग्रेस बांकेको पुर्व सभापति हो नेपाली काङ्ग्रेसमा उहाँको ठुलो योगदान छ सोही योगदानलाई प्रधानमन्त्रीले मुल्यांकन गरि जिम्मेवारी दिनुभएको हो यसमा अन्यथा लिनु आवस्यक छैन।ू पोखरा स्याङ्जा तरुण दल सम्पर्क समितिले पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले बाकी रहेका अधिवेशन जतिसक्दो छिटो सक्नुपर्नेमा जोड दिनुभएको छ।समय लम्बिदा उम्मेदवारहरुलाई अनावश्यक आर्थिक भार परेकोले समयमै सक्नुपर्ने उहाँको तर्क थियो। केही जिल्लाको कृयशील सदस्य विवाद नटुङ्गिएको बहानामा इतरपक्षले बखेडा झिकेकाले अधिवेशन लम्बिएको उहाँको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार