वडा पार्टी कार्यालय उद्घाटन गर्न धनकुटा पुगे रक्षामन्त्री रिजाल

२०७८ कार्तिक १२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धनकुटा, १२ कात्तिक । रक्षामन्त्री डा. मिनेन्द्र रिजाल कांग्रेस छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ को वडा पार्टी कार्यालयको उद्घाटन गर्न धनकुटा आउनुभएको छ।

कार्यालय उद्घाटनका क्रममा उहाँले कम्युनिष्टले सरकार चलाउन नसकेका कारणले कांग्रेसले सरकारको नेतृत्व लिनु परेको बताउनुभएको छ । कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रममा मन्त्री रिजालले कांग्रेस पाँच वर्ष प्रतिपक्षमा बस्न तयार रहेको भए पनि कम्युनिष्टहरूले देश हाक्न नजानेपछि सरकारमा जानुपरेको प्रष्ट्याउनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री रिजालले कांग्रेसको आगामी महाधिवेशन सकेसम्म सहमतिमै हुनु पर्ने बताउनुभयो । तर सहमति नभए प्रतिष्पर्धाबाट चुनिएका नयाँ नेतृत्वले संगठनलाई पुनउर्जा गर्ने बताउनुभयो ।

मन्त्री रिजालले पार्टीको महाधिवेशन स्वस्थ नहोला कि भनेर देशभर चिन्ता रहेको जनाउनुभयो । उहाँले यो महाधिवेशनमा रुखको पुराना पात झरेर नयाँ पात पलाउनु पर्ने पनि बताउनुभयो । करिब पाँच मिनेट सम्बोधन गर्नुभएका रिजालले सबैलाई दसैं तिहारको शुभकामना दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार