कांग्रेस अधिवेशन : गण्डकीमा नवनिर्वाचित दुवै उपसभापति स्याङ्जाबाट

२०७८ मंसिर १९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल

स्याङ्जा, १९ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशले नयाँ नेतृत्व पाएको छ । संस्थापन पक्ष प्रधानमन्त्री शेर बहादुर देउवा र पौडेल कोईराला पक्ष बिच प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए ।

सभापतिमा शुक्रराज शर्मा बिजयी हुनु भएको छ । पदाधिकारीमा एक जना बाहेक सबै पौडेल कोईराला पक्षका छन् । उपसभापतिमा अर्जुन जोसी प्यानलबाट बिजयी भएका एक मात्र पदाधिकारी स्याङ्जाका मेखलाल श्रेष्ठ हुनुहुन्छ ।

अर्को तर्फ सबै भन्दा धेरै मत ल्याई बिजयी हुनु भएको कल्पना तिवारी पनि स्याङ्जा कै हुनु हुन्छ । तिवारी शर्मा प्यानलबाट चुनाव लड्नु भएको हो । श्रेष्ठ गण्डकी प्रदेश सरकारका बहालवाला मन्त्री रहनुभएको छ भने तिवारी वालिङ नगरपालिकाका उपप्रमुख रहनु भएको छ । फरक फरक प्यानलबाट चुनाव लडेका दुवै जनाले उपसभापतिमा बिजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार