प्रत्येक विद्यालयमा स्काउट विस्तार गर्न मन्त्री अथकको निर्देशन

२०७८ मंसिर २०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २० मंसिर । नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकमा रबिन दाहाल नियुक्त हुनुभएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले मन्त्रीस्तरीय बैठकबाट दाहाललाई संयोजकमा नियुक्त गर्नुभएको हो ।

२०७८ मंसिर १९ को मन्त्री स्तरीय निर्णय अनुसार स्काउटको तदर्थ समिति संयोजकमा नियुक्त हुनुभएका दाहाललाई प्रमुख आयुक्तको जिम्मेवारी समेत दिईएको छ । त्यसैगरी सहसंयोजकमा राजीव खत्री नियुक्त हुनुभएको छ । उहाँलाई स्काउटको तालिम आयुक्तको जिम्मेवारी समेत दिईएको छ ।

त्यसैगरी स्काउटको सदस्यहरुमा बबिता कटुवाल, बिजय किशोर झा, हरि बहादुर श्रेष्ठ, केशव महर्जन, रामचरित्र ठाकुर, सन्तोष कुमार थापा, शिब प्रसाद बराल, रमिला नगरकोटी, गायत्री शर्मा, दिपक अर्याल, तिलक खत्री, जुपिटर कुँवर र देउमल सुनार नियुक्त हुनुभएको छ । जसमध्ये कटुवालले संगठन आयुक्तको जिम्मेवारी पाउनुभएको छ ।

नवनियुक्त पदाधिकारीहरुलाई नेपाल स्काउटका प्रमुख तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले सोमबार सपथ खुवाउनुभएको छ । मन्त्रालयको सभाहलमा भएको सपथ ग्रहण कार्यक्रममा मन्त्री अथकले नवनियुक्त पदाधिकारीहरुलाई सपथ खुवाउँदै स्काउटको अन्तराष्ट्रिय मुल्य मान्यताको परिधिमा रहि कर्तब्य निर्वाह गर्न निर्देशन समेत दिनुभएको छ ।

स्काउट जस्तो मर्यादित संस्थाको मुल्य मान्यतालाई कायम राख्दै मर्यादिन, अनुशासीत तथा देशभक्त समाज निर्माणकालागि अग्रणी भुमिका खेल्न मन्त्री अथकले नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिनुभयो । सबै सामुदायिक विद्यालयमा स्काउट विस्तार गरी प्रत्येक घरमा कम्तिमा एक जना स्काउट उत्पादन गर्न सके युवा पुस्तामा सकारात्मक धारणाको विकास गर्न सकिने भन्दै विश्वास समेत ब्यक्त गर्नुभयो । समितिलाई १ वर्षभित्र निर्वाचन गराउने जिम्मेवारी समेत तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय