एपीएफको तेस्रो हार, पुलिस अपराजित

२०७८ पुष २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा, २८ पुस । पोखरामा जारी टाइगर कप भलिबल अन्तर्गत बुधबारको खेलमा विभागीय टिम नेपाल पुलिसले सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको छ । पुरुषतर्फको स्पर्धामा पुलिसले एपीएफमाथि ३–१ को सेटले जीत निकालेको हो । पुलिसले २५–२१, २३–२५, २५–२३ र २५–१९ को सेटले पराजित गरेको हो ।

यो जितसँगै पुलिसको फाइनल यात्रा लगभग पक्का भएको छ भने तेस्रो हार बेहोरेको एपीएफ लिग चरणबाटै बाहिरिने भएको छ । पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशसँग हारेको एपीएफ दोस्रो खेलामा आर्मीसँग स्तब्ध बनेको थियो । पुलिसले भने ३ खेल जितेको छ । दुवैले एकरएक खेल खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय