दुवईमा अलपत्र छोराको शव ल्याउन आर्थिक सहयोग खोज्दैै भुजेल दम्पती

२०७८ माघ २, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, २ माघ । संयुक्त अरब इमिरेट्सको अलर्बासामा अलपत्र अवस्थामा रहेको आफ्नो छोराको शव नेपाल ल्याउनका लागि आर्थिक सहयोग गरिदिन सिन्धुपाल्चोक खाडीचौरका भुजेल दम्पत्तीले आग्रह गर्नुुभएको छ । सिन्धुपाल्चोक खाडीचौरका स्थायी बासिनद्या रही काठमाण्डौंको काँडाघारीमा अस्थायी रुपमा बसोबार गर्दै आएका श्याम बहादुर भुजेल र उहाँकी श्रीमती बुद्धीमाया भुजेलले छोराको शव ल्याउन आर्थिक अवस्थाले नभ्याउने भन्दै सहयोगका लागि अपील गर्नुभएको हो ।

गत भदौ अन्तिममा छोरा विकास भुजेल बलजफ्ती पर्यटक भिसाबाट संयुक्त अरब इमिरेट् पुगेको मृतककी आमा बुद्धीमायाले बताउनुुभयो । अलग भिसामा गएको छोरा काम गर्न थालेको र दशैंसम्म सम्पर्कमा रहेको भए पनि त्यस पछि सम्पर्क विहीन भएको उहाँले बताउनुुभयो । शव ल्याउन झण्डै ३ लाख रुपैंया खर्च लाग्ने र उक्त रकम आफुहरुसँग नभएको मृतक विकासका बावु श्याम बहादुर भुजेलले बताउनुुभयो । “सहयोगीहरुको साथ पाए कम्तीमा मृत छोराको शव ल्याएर अन्तिम संस्कार गर्ने थियौं,” भुजेलले भन्नुुभयो । नेपाल बंगलादेश बैंकको काँडाघारी शाखामा रहेको श्याम बहादुर भुजेलको बैंक खाता नम्बर ०९६००२९३२ डब्ल्यू मा सहयोग रकम जम्मा गरिदिन उहाँले आग्रह गर्नुुभएको छ । साथै सहयोगका लागि आफ्नो सम्पर्क नम्बर ९८८७०८८७४२ मा फोन गर्न पनि उहाँले आग्रह गर्नुुभएको छ ।

संयुक्त अबर इमिरेट्सका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले पनि २१ वर्षीय विकास भुजेलको मृत्यु भएको खबर स्थानीय प्रहरीले धेरै पहिले जानकारी गराए पनि बल्ल परिवारसँग सम्पर्कमा पुगिएको पुष्टि गर्नुुभएको छ । पर्यटक भिसामा आएका उहाँको शव ल्याउन व्यक्तिगत रुपमा आफुले सघाउने पनि उहाँले प्रतिबद्धता जनाउनुु भएको छ । संयुक्त अरब इमिरेट्समा वेद अर्याल तथा अन्य सहयोगीहरुले भुजेलको शव नेपाल पठाउनका लागि समन्वय गरिरहनु भएको छ । त्यहाँबाट आर्थिक सहयोग गर्न चाहनेहरुले अर्याललाई सम्पर्क गर्न सक्ने परिवारले जनाएको छ । गत भदौमा दुबई पुगेका भुजेलको दशैं लगत्तै मृत्यु भएको थियो । छोराको मृत्यु भएको खबर भुजेल दपत्तीले गत साता मात्र पाउनुुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय