देविस्थान आधारभुत विद्यालयले स्वर्ण महोत्सव मनाउदैं

२०७८ माघ ६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वालिङ, ६ माघ । स्याङ्जाको अर्जुनचौपारी—५ शिर्खुमा अवस्थित देविस्थान आधारभुत विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ । २०२८ साल माघ १० गते स्थापना भएको सो विद्यालयले ५० वर्ष पुगेको अवसरमा विविध कार्यक्रमसहित स्वर्ण महोत्सव मनाउने भएको हो ।

विद्यालयका प्रधानाध्यापक कुलप्रसाद खनालले आफनो कार्यकालमा विद्यालयले स्वर्ण वर्ष मनाउन पाउनु गर्वको विषय भएको बताउनुभयो । ‘स्वर्ण महोत्सवको समयमा विद्यालयको जिम्मेवारीमा बसेर शिक्षा दिन पाउनु मेरो लागि अवस्मरणिय क्षण हो,’उहाँले भन्नुभयो, ‘हिजोका शिक्षक÷शिक्षिका तथा हाल भईरहेका शिक्षक–शिक्षिकाको मेहेनत तथा गुणस्तरीय शिक्षाले गर्दा यति लामो यात्रा सम्भव भएको हो । मैले आफूले सिकेको ज्ञान नयाँ पिढीको लागि बाँड्ने सोचमा देविस्थान आधारभुत विद्यालयले सहजताको भूमिका खेलेको छ ।’

विद्यालयका अध्यक्ष टंकप्रसाद खनालले समाजका हरेक तहबाट विद्यालयलाई प्राप्त सहयोग मार्फत् नै यति लामो दुरी पार गर्न सफल भएको बताउनुभयो । ‘हामीले गरेको मिहिनेतको परिणाम हो,’ उहाँले भन्नुभयो, ‘हामीले दिनरात मिहिनेत गरेकै कारण आज यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी वर्गले नयाँ ज्ञान प्राप्त गर्न सकेका छन् ।’ छिमेकी विद्यालय सर्वाेदय माविका पूर्व प्रअ जनक खनालले देविस्थान आधारभुत विद्यालय लामो समयदेखि गुणस्तरीय शिक्षा दिन सफल भएको बताउनुभयो ।

जिल्लाको उत्तर पश्चिममा अवस्थित यस विद्यालयले अनौपचारीक शिक्षाको रुपमा २०१७ सालबाटै पठनपाठन शुरु गरेका भएतापनि औपचारिक स्थापना भने २०२८ लाई मानिएको छ । यस विद्यालयमा २ कोठे खरको छानो भएको कोठाबाट पठनपाठन सुरु भएको थियो । सिमित कार्यक्षेत्र भएकाले हालसम्म पनि यस विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा ५ सम्म पढाई हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय