सुदूरपश्चिम, १२ माघ । रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यमा आज भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धन दलका साझा उम्मेदवार विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला सदस्यतर्फ नेकपा ९एकीकृत समाजवादी०का मदनकुमारी शाह (गरिमा), दलिततर्फ नेकपा (माओवादी केन्द्र) का जगत पार्की र अन्य समूहतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी हुनुभएको छ ।
महिलातर्फ विजयी शाहले तीन हजार ८३४ मत पाउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०की सन्तोषी शर्मा थापाले एक हजार ७२८ मत पाउनुभयो । यस्तै दलिततर्फको राष्ट्रियसभा सदस्य पदमा विजयी पार्कीले तीन हजार ७६२ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेश विकले एक हजार ७८२ मत पाउनुभयो ।
यस्तै अन्य समूहतर्फका विजयी उम्मेदवार मिश्रले तीन हजार ७४४ मत पाउनुभयो । उहाँका निकटतम एमालेका डिल्लीराज भट्टले एक हजार ८९६ मत पाउनुभयो । धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा निर्वाचन भएको थियो ।
सो निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य ५२ र स्थानीयपालिका प्रमुख र उपप्रमुख १७५ जनाले मतदान गर्नुभएको हो । मतदान भएको यो सङ्ख्या शतप्रतिशत हो । एक जना प्रदेशसभा सदस्यको मतभार ४८ र एक जना पालिका प्रमुख उपप्रमुखको मतभार १८ रहने कानूनी व्यवस्था छ ।