कर्णालीबाट राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी

२०७८ माघ १२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कर्णाली, १२ माघ । कर्णाली प्रदेशमा आज सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी भएका छन् । सत्ता गठबन्धन दलको उम्मेदवारमा महिला क्लस्टरमा नेपाली कांगे्रसबाट दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता÷अल्पसङ्ख्यक क्लस्टरमा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र खसआर्य क्लस्टरमा एकीकृत समाजवादीका उदय बोहरा (सल्यान) विजयी हुनुभएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।

प्रदेश निर्वाचन अधिकारी चालिसेका अनुसार विजयी उम्मेदवारमा महिला क्लस्टरतर्फ नेपाली कांग्रेसका गुरुङले दुई हजार ९७०, अपाङ्गता÷अल्पसङ्ख्यक क्लस्टरतर्फ माओवादी केन्द्रका विष्टले तीन हजार छ र खसआर्य क्लस्टरतर्फ एकीकृत समाजवादीका बोहराले तीन हजार छ मतभार प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रतिपक्षी दल नेकपा ९एमाले०बाट महिला क्लस्टरतर्फ गङ्गा महत ९जुम्ला०ले एक हजार ४१६, खसआर्य क्लस्टरतर्फ चूडामणि शर्मा ९सुर्खेत०ले एक हजार ४१६ र अपाङ्गता÷अल्पसङ्ख्यक क्लस्टरतर्फ पदम माझी ९दैलेख०ले एक हजार ३९८ मतभार प्राप्त गर्नुभएको उहाँले बताउनुभयो ।

“राष्ट्रियसभा सदस्यको आजको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कर्णाली प्रदेशसभा सदस्य सोशिला शाहीले भने मतदान गर्नुभएन”, प्रदेश निर्वाचन अधिकारी चालिसेले भन्नुभयो, “तिलागुफा नगरपालिका कालीकोटका उपप्रमुख भने करिब दुई वर्षदेखि नेपालबाहिर हुनुहुन्छ । त्यसैले कूल मतसङ्ख्या १९१ मध्ये १८९ खसेको थियो ।” उहाँका अनुसार स्थानीयतर्फ महिला क्लस्टरमा दुई वटा र अपाङ्गतातर्फ एक मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय