अध्यक्ष राजेन्द्र लिङ्देन र निवर्तमान अध्यक्ष कमल थापा बीच भेटघाट तथा संवाद हुन सकेन

२०७८ माघ २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २३ माघ ।गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनबीच अध्यक्ष लिङ्देन र निवर्तमान अध्यक्ष थापाबीच भेटघाट तथा संवाद हुन सकेको थिएन।

निवर्तमान अध्यक्ष थापाले महाधिवेशनमा निर्मल निवासले आफूलाई हराएको र त्यसबारे छानबिन हुनुपर्ने माग राखिराख्नु भएकाे थियाे। तर, दुई शीर्ष नेताबीच शनिबार बिहान भेट भएपछि संवादहीनता अन्त्य भएको नेताहरूले बताएका छन्। प्रवक्ता मोहन श्रेष्ठका अनुसार थापालाई भेट्न लिङ्देन बिहान ११ बजे उनको निवास बुढानिलकण्ठ पुग्नुभएकाे थियाे। त्यहाँ दुई बीच एक घन्टा छलफल भएको थियो । ‘निवर्तमान अध्यक्षले वर्तमान अध्यक्षलाई औपचारिक रूपमा भेट गरेर बधाई तथा शुभकामना दिनुभएको थिएन, महाधिवेशनपछि उहाँहरूबीच हिजो भेट भएपछि शुभकामनासँगै संवाद अघि बढेको छ।

थापाले अध्यक्ष लिङ्देनलाई महाधिवेशनलगत्तै र एक साताअघि गरेर दुई पटक चिठी लेख्नुभएकाे थियाे । चिठीमा महाधिवेशनका क्रममा निर्मल निवासले खेलेको भूमिकामाथि छानबिन गर्न माग गनुभएकाे थियाे।नवनियुक्त पदाधिकारी एवम् विभागीय प्रमुखहरूको पदस्थापन, स्वागत र मनोनयन पत्र हस्तान्तरण कार्यक्रम भएको थियो। त्यहाँ बोल्दै अध्यक्ष लिङ्देनले सबैसँग संवादको थालनी गरिएको र कोही निराश हुनु नपर्ने बताएका थिए।‘देशले राप्रपाको आवश्यकता महसुस गरिरहेको, पार्टीले लिएको राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा दिन प्रतिदिन लोकप्रिय बन्दै गएको अवस्थामा राप्रपाले नवीन यात्रा प्रारम्भ गरिरहेको छ,’ अध्यक्ष लिङ्देनले भन्नुभयाे, ‘सानातिना विषयमा नअल्झौं, बृहत् राप्रपा निर्माणमा जुटौं।’

यसकै प्रयासस्वरूप निवर्तमान अध्यक्ष थापासँग भेटघाट, छलफल भएको, छलफल सकारात्मक रहेको र संवाद जारी रहने सहमति भएको उनले बताए। थापाले निर्मल निवासबारे छानबिन गर्न माग गरे पनि अध्यक्ष लिङ्देनले त्यसबारे अहिलेसम्म चासो राखेका छैनन्। लिङ्देनले नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमै हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डालाई प्रतिकूल हुने गरी कुनै छलफल तथा बहस नहुने बताउनुभयाे। ‘धेरै लामो समयपछि हामीबीच भेटघाट सुरू भएको छ। हामी पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूलाई सकारात्मक सन्देश दिन चाहन्छौं,’ ‘हामी मिल्नुपर्छ भन्ने बाटोमा लागेका छौं, फेरि भेट गर्छौं।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय