मन्त्रिपरिषदको बैठक आज बस्दै

२०७८ माघ २४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २४ माघ ।आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको छ।

प्रधानमन्त्री देउवा पनि जेठ ४ मा स्थानीय चुनाव गर्नेमा हुनुहुज्छ। सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव गर्ने समझदारी गर्नुभएको थियो।त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गर्नुभएको थियो।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ। आजको मन्त्रिपरिषद बैठकबाट स्थानीय चुनाव मिति घोषणा हुन सक्ने सम्भावना छ। प्रधानमन्त्री देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनाव, एमसिसीलगायत विषयमा छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय