ओरालो लाग्दै कोभिड, खुकुलो बन्दैछ जिल्ला

२०७८ माघ २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा ,२५ माघ। तेस्रो लहरको रुपमा देखा परेको कोराना संक्रमण स्याङ्जामा बिस्तारै ओरालो लाग्दै छ । संक्रमणको दर घट्नेक्रममा आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले स्याङ्जाले जारी गरेको आदेशमा पनि केही खुकुलो बनाएको छ ।

पौष २५ गतेबाट परिक्षण शुरु गरिएको कोरोना संक्रमण माघको २५ सम्म आइपुग्दा निकै घट्दो रुपमा देखिएकाले प्रशासनले केही खुकुलो पारेको हो । शुरुमा निकै आक्रमक शैलिमा फैलिएको संक्रमण एक महिनाकै अन्तरालमा ओरालो लागेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । पौषको अन्तिम सातादेखी स्मार्ट शैलीको लकडाउनलाई माघ २५ गतेदेखी केही खुकुलो हुनेगरी जिल्ला प्रशासनले आदेश जारी गरेको जनाएको छ । विद्यालय, होटल, जिमखाना, बिवाह, वर्तबन्ध, भेला, गोष्ठि, यातायात सेवा लगायत प्रशासनिक सेवामा स्मार्ट खालको लकडाउन गरिदै आएको थियो । माघ २५ गते राती १२ बजेदेखी लागु हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आदेश जारी गरेको जनाएको छ । फागुन १ गतेदेखी विद्यालय संचालन गर्न पाईने गरी आदेश जारी गरेको छ । जसमा १२ बर्षभन्दा माथीकाको नियमित र १२ बर्ष भन्दा मुनी विद्यार्थीलाई आलोपालो हुने गरी विद्यालय संचालनमा खुकुलो पारिएको प्रशासनले जनाएको छ । स्याङ्जामा अनलाईन कक्षा मार्फत पढाई हुदै आएको थियो । अर्को तर्फ पाटी प्यालेसमा हुने कार्यक्रममा ५० जना भन्दा बढी नपाईनेमा माघ २५ गतेदेखी १ सय भन्दा बढी गर्न नपाईने गरी केही खुकुलो बनाएको जनाएको छ ।

खेलकुद, होटल रेष्टुरेन्ट र सवारी साधनहरुमा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरिएको छ । सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाईने र सबै यात्रुले यात्रा गर्दा अनिबार्य मास्क प्रयोग गर्न प्रशासनले आदेश गरेको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जारी गरेको आदेशमा स्वास्थ्य मापदण्ड अपनाउन र संक्रमणबाट बचाउन साथै बच्नका निमित्त सबै जिल्लावासी सजग रहन आग्रह गरिएको छ । सेवा प्रदायक कार्यालय, सरकारी कार्यालय लगायतमा सेवा लिदा खोपकार्ड भने अनिबार्य गरिएको छ । दैनिक १ सय देखी १ सय ५० सम्म देखिन थालेको संक्रमण पछिल्लो यो साता दैनि १५ देखी २५ सम्म संक्रमणको संख्या देखिन थालेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले बताईन् । जिल्लामा एक महिनाको अन्तरालमा १ हजार ६ सय २९ जना कोरोना संक्रमणबाट संक्रमित भएका छन् भने ५ जनाले कोभिडबाट ज्यान गुमाएका छन् । कोभिडबाट मात्रै भन्दा पनि अन्य सरुवा रोगबाट बच्न शर्माले जिल्लावासीलाई आग्रह गरेकी छन् । भारतसगँ जोडिएका जिल्ला सगँको सिमानामा स्याङ्जा रहेकाले अझै जोखिम हुन सक्ने तर्फ ध्यानाकर्षण गर्दै आफ्नो आनीवानीमा सुधार गर्न शर्माले सम्झाउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय