कांग्रेस कर्णाली प्रदेश सचेतकमा शाही

२०७८ माघ २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कर्णाली, २६ माघ । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ । दलको विधान, २०७४ को दफा ११(१) बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उहाँलाई सचेतकमा मनोनित गर्नुभएको हो ।

यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि शाहीलाई उक्त जिम्मेवारी दिइएको हो । कांगे्रस संसदीय दलको विधानमा दलका नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्शमा रहेर सचेतकले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय