पोखरा महानगरमा एमालेको एकलौटी, जनप्रतिनिधिलाई समेत बोल्ने दिइएन

२०७८ माघ २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा,माघ २८ । पोखरा महानगरपालिकाले जनप्रतिनिधिको गुनासोलाई समेत बेवास्ता गरेको यहाँ जनप्रतिनिधिहरुको गुनासो रहेको छ । मेयर र उपमेयर सहित बहुमत नेकपा एमालेको रहेको उक्त महानगरमा काङ्ग्रेस लगायत अन्य राजनीतिक दलका जनप्रतिनिधिका गुनासालाई बेवास्ता गरिएको हो ।

दशौ नगरसभाको लागि शुक्रबार र सनिवार अर्थात माघ २८ र २९ गते मिति तय गरेको भएपनि जनप्रतिनिधिलाई झुक्याएर एकै दिनमा नगरसभा सम्पन्न गरिएको हो । नगरसभाको दोस्रो दिन जनप्रतिनिधिका गुनासो अथवा सुझावको सुनुवाइ गर्ने भनिएपनी कार्यक्रमको अन्तिममा नगरसभा सकिएको घोषणा गरिएको थियो । नगरसभाको यो निर्णय संगै आफ्नो बोल्ने पालो कुरेर बसेका जनप्रतिनिधिहरु जिल्ल परेका छन् । “मैले हिजोदेखि बोल्न पर्ने केहि बुदा टिपोट गरेर राखेको थिए मलाई बोल्न दिन पनि भनिएको थियो तर एकैपटक कार्यक्रम सकिएको घोषणा गरियो ।” वडा नम्बर ४ अध्यक्ष शंकर बास्तोलाले हेर्ने कुरा डटकमलाई बताउनुभयो ।

“नगरसभाका सदस्य सचीव अर्थात महानगरका कार्यकारी अधिकृत बलराम रिज्याललाई बोल्न पाउनुपर्ने माग सहित हिजोनै लिखित रिपोर्ट बुझाएको थिए । बोल्न पाउने पनि भन्नुभयो तर अन्तिममा कार्यक्रम सकिएको घोषणा गर्नुभयो ।” बास्तोलाले कार्यक्रम स्थलमै पनि उपमेयरलाई पटकपटक बोल्न पाउनुपर्ने माग गर्दा हुन्छ भन्ने आश्वासन आएपनी अन्तिममा झुक्याएको आरोप छ । पटकपटक बोल्न दिइने भनियो तर दुई दिनको कार्यक्रम एकैदिनमा सकिएको घोषणा गरिएको उहाँको आरोप छ । सत्ता संचालन गरेको पार्टीको यो अलोकतान्त्रिक गतिविधिले लोकतन्त्रको खिल्ली उडाइ रहेको बास्तोलाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय