चापाकोटको मेयरमा कस्को सम्भावना,कति राजनैतिक दल बीच हुदैछ प्रतिस्पर्धा

२०७८ फाल्गुन ४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

स्याङ्जा, ३ फागुन । बैशाख ३० मा हुन लागेको स्थानीयतहको चुनावका लागि नेता देखी कार्यकर्तासम्म चुनावी सगर्मी बढेको देखिन्छ । राजनैतिक दललाई टिकट मिलाउने चटारो छ भने आम नागरिकलाई आफ्नो क्षेत्रमा कस्तो नेतृत्व आउँछ भन्ने चटारो परेको देखिन्छ ।

स्याङ्जा जिल्ला चापकोट नगरपालिकामा पनि नेता देखि कार्यकर्तासम्ममा चुनावी चटारो देखिन्छ । चुनावको चटारो बढे संगै यस नगरपालिकामा नगर प्रमुख बन्ने सम्भावना कस्को छ हेरौं हेर्ने कुरा अनलाइनले तयार पारेको सामग्री ।

 

नेपाली काङ्ग्रेस

शिव गिरी

चापाकोट नगरपालिकाकाे पहिलो नगर सफल नगरप्रमुुख भएकै कारण अबको स्थानिय निर्वाचनको लागि शिव गिरीको पुुन चर्चामा रहेको पाईन्छ । हक्की आटिला स्वभावको पहिचान बनाउनु भएका गिरी सफल मेयरका रुपमा चिनिनुन्छ । यसै कारणले पनी उहाँ मेयरका लागी चर्चामा रहेको देखिन्छ ।

 

 

बिमला श्रेष्ठ

सफल नगर उपप्रमुखको पहिचान बनाउनुु भएकी बिमला श्रेष्ठ मेयरको लागी चर्चामा रहेको देखिन्छ । नेपाली काँग्रेसबाट महिला मेयरको प्रतिनिधित्व हुुने सवाल पनि उहाँको मेयरमा सम्भावना बढेको देखिन्छ ।

 

 

रामचन्द्र पङेनी


नेपाली काङ्ग्रेस चापकोट नगरपालिकाका निवर्तमान नगरसभापति रामचन्द्र पङेनी नेपाली काङ्ग्रेसबाट नगर प्रमुखको चर्चामा रहेको पाइन्छ । महाधिवेशन प्रतिनिधि समेत रहनु भएका पङेनीको केन्द्रिय नेतृत्वसंग राम्रो सम्बन्ध भएकै कारण पनि उहाँको सम्भावना अझै बढी देखिन्छ ।

 

बिक्रम सारु


नेपाली काङ्ग्रेसको नगरसभापति भएकै कारण मेयरको चर्चामा हुनुहुन्छ बिक्रम सारु । काङ्ग्रेसको १४ औ महाधिवेशनबाट सर्वसम्मत सभापति बन्न सफल भएकै कारणवाट पनि पाटी भित्रका विभिन्न गुुटलाई मिलाउन सक्ने नेताको रुपमा देखिनुु भएका सारुको नगर सभापतिमा बलियो सम्भावना देखिन्छ ।

 

टिकाराम तिवारी

चापाकोट नगरपालिका वाड न १ का अध्यक्ष र नगरका प्रवता भएकै कारण टिकाराम तिवारी मेयरको चर्चामा हुनुुहुन्छ । नगरप्रमुुखको अनुुपस्थितिमा पटक पटक कार्यवाहक नगरप्रमुखको काम गर्नुुभएका तिबारीको योगदान र अनुुभवलाई कार्यान्वयन गर्न पनि पाटीले मेयरको रुपमा अगाडी सार्ने देखिन्छ । नेपाली काङ्ग्रेस क्षेत्र न २ ख को क्षेत्रिय उपसभापतिमा सर्वसमत चयन हुनुुभएको हुुँदा पाटीका सबै गुुटलाई मिलाउने सक्ने नेताका रुपमा देखिनुु भएका तिवारीको सम्भावना मेयरमा बलियो देखिन्छ ।

इश्वर खाँण


नेपाली काङ्ग्रेस क्षेत्र न २ को दुुई कार्यकाल क्षेत्रिय सभापतिमा रहेर पाटीलाई योगदान गर्नुु भएकै कारण इश्वर खाँण चापाकोटको मेयरको चर्चामा हुनुहुन्छ । खाँण पाटीमा असल योद्दाको छवि बनाउनुु भएका सामाजिक सेवामा पनी उतिकै सक्रिय हुनुहुन्छ ।

 

नेकपा एमाले

बुुद्धिमान श्रेष्ठ

गत स्थानीय चुुनावमा नगर प्रमुुखको टिकट पाएर पनि काँङ्ग्रेससँग पराजित हुनपुुग्नुु भएका बुुद्धिमान श्रेष्ठ नेकपा एमाले भित्र पहिलो नम्वरको चर्चामा देखिनुहुन्छ । सफल ब्यावसायीकका रुपमा देखा पर्नुुभएका श्रेष्ठ युवा नेताका रुपमा चिनिनुहुन्छ । चापाकोटका प्राय हरेक बिकासमा ध्यान पुर्याउने श्रेष्ठले सामाजिक सेवाकै कारण जनताको मनजितेको पाइन्छ । विभिन्न सामाजिक संघ संस्थाको सक्रिय भुमिमा रहेर लामो अनुुभव बटुुल्नुु भएका श्रेष्ठ सामाजिकसंगै आर्थिक हिसावले पनि यो क्षेत्रमा मेयरका बलिया दाबेदार मानिनुहुन्छ । कान्तीपुर हस्पीटलका संचालक श्रेष्ठको नेकपा एमालेको केन्द्रिय नेतृत्वसंग पनि निकटम सम्बन्ध देखिन्छ । यसै कारणले पनि उहाँ उच्च चर्चामा रहको पाइन्छ ।

 

राजुु कोइराला


स्थानिय स्तरमा निरन्तर राजनिति गर्नुुभएका राजुु कोइराला नेकपा एमालेका बलिया दाबेदार मानिनुुहुन्छ । नेकपा एमालेको नगर अध्यक्ष भएकै कारणले पनि उहाँको सम्भावना बलियो देखिन्छ ।

 

 

सरस्वति भट्टराई


यस अघिको स्थानिय तहको निर्वाचनमा काँङ्ग्रेससँग उपमेयरमा उपविजेता बन्नुुभएकी सरस्वती भट्टराईको नाम नेकपा एमालेको मेयरको तर्फबाट उच्च चर्चामा रहेको पाइन्छ । निडर माहिलाको पहिचान बनाउनु भएकी भट्टराई चापाकोट नगरपालिकाको पहिलो महिला मेयर हुुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै एमाले भित्र चर्चा चलेको पाइन्छ ।

 

 

नेकपा एकीकृत समाजवादी

रामचद्र भट्टराई


स्थानिय स्तरमा निरन्तर राजनिति गदै आउनुभएका कारण मेयरको लागी चर्चामा हुनुुहुुन्छ रामचद्र भट्टराई । नेकपा एकीकृत समाजवादी स्याङजा जिल्लाका अध्यक्ष भएकै कारण उहाँको सम्भावना बलीयो देखिन्छ । सत्ता साझेदार दलहरूसँग चुनावी तालमेल भयो भने जिल्लाका अन्य स्थानीय तहमा अन्य राजनिति दललाई छोडेर पनी यो क्षेत्र जिल्ला अध्यक्षले प्रतिनिधित्व गरेको भएका कारणले पनि उहाँको सम्भावना बलियो देखिन्छ ।

 

नेकपा माओवादी केन्द्र

हरि भट्टराई


निरन्तर राजनीतिमा लागेर समाजसेवीको पहिचान बनाउनु भएका हरि भट्टराईलाई नेकपा माओवादी केन्द्रले चापाकोट नगरपालिकाको नगर प्रमुखमा अगाडि सार्ने संकेत देखिन्छ । यस अघिको स्थानीय चुनावमा पनि माओवादीबाट मेयरको चुनाव लड्नु भएका भट्टराईको यस पटक पनि सम्भावना बलियो देखिन्छ ।

 

 

रुकबिर विक

नेकपा माओवादी केन्द्रको चापाकोट नगर अध्यक्ष भएका कारण माओवादीकोे तर्फबाट रुकबिर विकको मेयरमा दाबेदारीको सम्भावना बलियो देखिन्छ । भर्खरै सम्पन्न निर्वाचनबाट नगर अध्यक्षमा निर्वाचित विकको सम्भावना बढी देखिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय