नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बिहान १० बजे बस्दै

२०७८ फाल्गुन ४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ४ फागुन। नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो।

आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुन लागेको उहाले बताउनुभयो । बैठकमा संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै आवश्यक निर्देशन दिनुहुनेछ ।

आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । सो बैठकमा एमसीसी टेबुल गर्ने तयारी छ । एमसीसीविरुद्धको जनमतका कारण माओवादी नेतृत्वलाई भने एमसीसी संसदबाट पास नगर्न दबाव छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय