मृतकका परिवारलाई स्याङ्जा सहयोग समाजकाे दशलाख सहयोग

२०७८ फाल्गुन ८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा ,८ फागुन । वैदेशिक रोजगारीका क्रममा युएईमा मृत्यु हुनुभएका प्रेम भण्डारीको परिवारलाई स्याङ्जा सहयोग समाज युएई र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आइतबार सहयोग रकम हस्तान्तरण गरेको छ ।

गल्याङ नगरपालिका . ७ सेन्थुम्का धराङ्दीमा रहेको पीडित घर परिवारको घर पुगेर समाजको टोलिले दस लाख २४ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेको सहयोग रकम संकलनका सह संयोगजक थमन रानाभाटले जानकारी दिनुभयो । स्याङ्जा सहयोग समाज युएईका निवर्तमान अध्यक्ष भण्डारीको अचानक मृत्यु हुनुभएकाले परिवारको लागि केही आर्थिक सहयोग  होस् भन्ने हेतुले समाजले यसो गरेको उहाँले जानकारी दिनुभयो । दश लाख तीन हजार छ सय समाजले कृषि विकास बैंकमा दुई बर्षको लागि फिक्स डिपोजिट गर्दिएको र बाकी नगद हस्तान्तरण गरेको पनि उहाँले जानकारी दिनुभयो । हस्तान्तरण गर्दै गल्याङ नगरपालिका नगरउपप्रमुख देबि थापाले समाजले साच्चिकै पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो स्याङ्जा सहयोग समाज निरन्तर सामाजिक क्षेत्रमा सकृय भएको पाएका छौं । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुहोला ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष लक्ष्मण खनाल, निवर्तमान अध्यक्ष भूपराज बस्याल, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष खगेन्द्र गैरे, सह कोषाध्यक्ष धर्म पराजुली, मध्य पुर्व संयोजक थमन रानाभाट, स्याङ्जा सहयोग समाज युएईका नेपाल संयोजक प्रकाश ढकाल लगायतको उपस्थिति रहेको थियो । वैदेशिक रोजगारीका क्रममा लामो समय युएई बस्नु भएका भण्डारी विभिन्न सामाजिक सस्थामा सक्रिय हुनुहुन्थ्यो । अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारको क्रममा दुबईको अस्टर हस्पिटलमा गत दशै ताका भण्डारीको निधन भएको थियो । भण्डारीका एक श्रीमती, दुई छोरी र दुई छोरा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय