अबुधाबी जेलमा पत्रकार पाण्डे,सत्यतथ्य बुझ्न परिवार गृह मन्त्रालय देखि परराष्ट्रसम्म

२०७८ फाल्गुन १२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १२ फागुन । वैदेशिक रोजगारी संगै युएईमा पत्रकारिता गर्दै आउनु भएका पत्रकार उमाकान्त पाण्डेलाई अबुधाबी प्रहरीले पक्राउ गरेको छ ।

फागुन ३ गते अर्थात फ्रेबुअरी १५ तारीख अबुधाबीको स्थानीय निकायले उहाँलाइ फोन गरेर केही सोधपुछका लागि बोलाएको थियो । मंगलबार बिहान १० बजे उहाँ स्थानीय निकायले बोलाएको स्थानमा पुगेपछि दूतावासले साइबर क्रराइमको केस गरेको भन्दै उहाँलाई जेल चलान गरिएको पाण्डेको परिवारले जानकारी दिएको छ । युएईमा बसेर लामो समय पत्रकारितामा सकृय पाण्डेलाई समाजिक संजालमा लेखिएकै आधारमा दूतावासले केस गरेको खुलेको छ ।

पक्राउ पर्नुभएका पाण्डेलाई अदुधाबीको सेन्टर जेलमा राखिएको छ । उहाँलाई बिहिवार अदालत उपस्थित गराइएको थियो । अदालतमा बयानका क्रममा नेपाली राजदूतावासका राजदुत कृष्ण प्रसाद ढकालको निर्देशनमा दूतावासका जनसम्पर्क अधिकृत इफ्रान आलमले पाण्डे विरुद्ध केश गरेको खुलेको छ ।

नेपाल र नेपालीको संरक्षण गर्न भन्दै युएई पुग्नुभएका राजदुतले पत्रकार पक्राउ गर्न थालेपछि त्यहाँका नेपाली त्रसित बनेका छन् । पछिल्लो समय भिजिट भिसामा नेपाली अलपत्र परेको केशलाई पाण्डेले तीब्र रूपमा उठाउनु भएको थियो । दूतावासले समेत भिजिट भिसालाई प्रसय दिनेगरी दूतावासमा कामदार राख्दा भिजिट भिसामा आएकालाई प्राथमिकता दिएको खबर सार्वजनिक गरेपछि पाण्डे र दूतावास बीच सम्बन्ध बिग्रदै गएको थियो ।

परिवारले उहाँको खोजी गर्दै अवस्था बारे जानकारी गराइदिन दूतावासलाई आग्रह गरेपनि अहिलेसम्म भने दूतावासका कुनै कर्मचारी पाण्डेलाई भेट्न गएको पाइएको छैन । बिदेशी भुमिमा आफ्नो नागरिकको सोधी खोजी गर्न दूतावासले सक्ने भएपनि पाण्डेलाई भेट्न युएई सरकारबाट अनुमानि माग गरिएको र अनुमानि पाउनसाथ पाण्डेको अवस्था बुझ्न राजदुत आफै जाने बताउने गर्नुभएको छ । दूतावासले कुनै केश नगरेको बताउदै आउनुभएका राजदुत ढकालले पत्रकार पाण्डेलाई भेट्न समेत युएई सरकारको अनुमति आवश्यक भनेपछि पाण्डेका परिवारले लगाएको आरोपमा थप सन्का सिर्जना भएको छ ।

लेखेकै आधारमा पत्रकार पक्राउ परेको बिषयलाई नेपाल पत्रकार महासंघले समेत गम्भीरतापुर्वक लिएको छ । नेपाल पत्रकार महासंघले एक प्रेस बिज्ञप्ति जारी गर्दै पत्रकार पाण्डेको रिहाईको पहल गरिदिन दूतावासलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय