काङ्ग्रेस भित्र गल्याङका कुन वडामा कस्को के मा चर्चा

२०७८ चैत्र १२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 9 मिनेट

स्याङ्जा, १२ फागुन । २०७४ को स्थानीय निर्वाचनमा गल्याङ नगरपालिकाको प्रमुख र उपप्रमुख नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जित हासिल गरेको थियो ।

गल्याङ नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का भूपराज अधिकारीले ८३६८ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका लाल गोपाल अर्यालले ६०६२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का लोकेन्द्र तराङले १३८१, र राष्ट्रिय जनमोर्चा पार्टीका विष्णु प्रसाद गैह्रैले ३९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लेमकला भट्टराईले ३६ मत प्राप्त गर्नुभएको थियो

त्यसैगरी उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की देवीसरा थापाले ८४१९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसकी खगीसरा भण्डारीले ५९७६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की  रीता खनालले १२२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज न्यौपानेले ११५, र राष्ट्रिय जनमोर्चा पार्टीकी तुलसा देवी पराजुली ७५ मत ल्याउनुभएको थियो ।

११ वडा रहेको गल्याङ नगरपालिकाकोे वडा नं १, २, ४, ६, ७ र ११ गरी छ वटा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले र ३, ८, ९ र १० गरी चारवटा नेपाली काँग्रेसले र वडा नं ५ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विजयी भएको थियो ।

वडा नं १

गल्याङ नगरपालिकाको वडा नं १ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले)का गणेश प्रसाद बस्यालले ८३० मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका शालिक राम बस्यालले ६४८ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उमाखर पाण्डेले ३५ मत ल्याउनु भएको थियो ।

मणि बस्याल

नेपाली काँग्रेसका हालका वडा सभापति मणि बस्याल गल्याङ नगरपलिकाको वडा नम्बर १ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ । काँग्रेसका पुराना र त्यागी नेता भएकै कारण उहां वडा अध्यक्षमा टिकट पाएको खण्डमा जित हासिल गर्ने सम्भावना पनि बलियो देखिन्छ ।

 

 

रमेश बस्याल

नेपाली काँग्रेस स्याङ्जा प्रदेश क्षेत्र न २ ख को सचिवमा निर्वाचित रमेश बस्याल गल्याङ नगरपलिकाका वडा नम्बर १ मा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ । तरुण दल क्षेत्र २ का क्षेत्रिय सचिव समेत रहनुभएका बस्याल व्यावसायिक ,सामाजसेवी युवा नेता भएकै कारण उहाँं अध्यक्षका बलिया दाबेदार मानिनुहुन्छ ।

 

शलिकराम बस्याल

यस अघिको चुनावमा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा चुनाव लडेर पराजीत हुन पुग्नुभएका शलिकराम बस्याल यस पटक पनि वडा अध्यक्षको चर्चामा हुनुहुन्छ ।

 

वडा नं २

वडा नं २ नेपाली कम्युनिष्ट पार्टी (एमाले) का इवप्रसाद कर्माचार्यले ८७४ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका धन बहादुर थापाले ६७४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तिर्थ बहादुर रानाले २२२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका  देवी प्रसाद कर्माचार्यले ४ मत ल्याउनु भएको थियो ।

हेमा न्यौपाने

नेपाली काँग्रेस भित्र मात्रै नभएर आम जनमानसमा शसक्त महिला नेत्रृको पहिचान बनाउनुभएकको छ हेमा न्यौपाने । गल्याङ् नगरपालिकामा राजनितिसंगै सामाजिक क्षेत्रमा सकृय न्यौपाने पकवादी सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । नेपाल महिला संघ साविक क्षेत्र २ को सचिव हुनुभएकी उहाँ गल्याङ् नगरपालिको उपप्रमुख देखि गल्याङ नगरपलिकाको वडा नम्बर २ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ ।

 

धन बहादुर थापा

नेपाली कागेसका २ का वडा सभापति धन बहादुर थापा गल्याङ नगरपलिकाको वडा नम्बर २ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ । यस अघिको चुनावमा वडा अध्यक्षमा पराजित हुनुभएका थापा हाल पाटिको वडासभापति भएकै कारण वडा अध्यक्षका बलिया दाबेदार मानिनुहुन्छ ।

 

वडा नं ३

नगरपालिकाको वडा नं ३ मा नेपाली काँग्रेसका महेश भट्टराईले ६६२  मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का भेमलाल अर्यालले ५८३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अर्जुन प्रसाद श्रेष्ठले ४२, राष्ट्रिय जनमोर्चा पार्टीका तिल कुमारी भण्डारीले २५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बेनिकला बस्यालले १८ मत ल्याउनु भएको थियो ।

 

कृष्ण प्रसाद भट्टराई

युवानेताको पहिचान बनाउनु भएका कृष्ण प्रसाद भट्टराई गल्याङ नगरपलिकाको वडा नम्बर ३ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ । तरुण दल नगरका अध्यक्ष ,नगर सचिव,उधोग बाणिज्य संघका महासचिव,लायन्स अफ गल्याड. सिटीका वरिष्ठ उपाध्यक्ष लगात विभिन्न सामाजिक क्षेत्रमा सकृय भएकै कारण भट्टराई वडा अध्यक्षका बलिया दाबेदार मानिनुहुन्छ ।

 

जनक श्रेष्ठ

नेपाली काङ्ग्रेस वडा नं ३ का निबर्तमान सभापति जनक श्रेष्ठ लाई गल्याङ नगरपालिका वडा न ३ को वडा अध्यक्ष मा नेपाली काङ्ग्रेसले अगाडि बढाउने बलियो सम्भावना देखिन्छ । २५ बर्ष देखि पार्टिमा निरन्तर लाग्नुभएका श्रेष्ठ हाल नेपाली काङ्ग्रेसका प्रदेश प्रतिनिधि हुनुहुन्छ । गल्याङ बजार व्यवस्थापन समितिको पुर्व अध्यक्ष, गल्याङ युथको पुर्व अध्यक्ष, लायन्स क्लब अफ गल्याङ सिटिकाे पुर्व अध्यक्ष समेत रहनु भएका श्रेष्ठ विभिन्न सामाजिक संघ सस्थामा सकृय हुनुहुन्छ ।

वडा नं ४

त्यसैगरी वडा नं ४ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेत्रप्रसाद पाण्डेले ६४६ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका ढाकाराम न्यौपानेले ६४० र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का  भोजराज पाण्डेले १०० मत ल्याउनु भएको थियो ।

मणि न्यौपाने

नेपाली काँग्रेसका हालका वडा सभापति मणि न्यौपाने गल्याङ नगरपलिकाको वडा नम्बर ४ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ । सामाजिक क्षेत्रमा सकृता सँगै त्यहि क्षेत्रका पुराना शिक्षक भएकै कारण पनि उहाँले वडा अध्यक्षमा जित हासिल गर्न सक्ने प्रवल सम्भावाना देखिन्छ ।

 

 

ढाकाराम न्यौपाने

नेपाली काँग्रेसका प्रदेश प्रतिनिधि ढाकाराम न्यौपाने गल्याङ नगरपलिकाको वडा नम्बर ४ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ । यस अघिको चुनावमा वडा अध्यक्षमा पराजित हुनुभएका न्यौपाने पुन वडा अध्यक्षका दाबेदार मानीनुहुन्छ ।

 

महेन्द्र पाठक

नेपाली काग्रेस तरूण दलका जिल्ला सदस्य युवा नेता महेन्द्र पाठक गल्याङ नगरपलिकाको वडा नम्बर ४ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ । समाजसेवि भएकै कारण पाठक वडा अध्यक्षका दाबेदार मानिनुहुन्छ ।

 

वडा नं ५

नगरपालिकाको वडा नं ५ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णु बहादुर बसेल क्षेत्रीले ४३५ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का घनश्याम भट्टराईले ४०९, नेपाली काँग्रेसका भुम बहादुर रखालीले २४६ मत ल्याउनु भएको थियो ।

तुल्सीराम न्यौपाने

नेपाली काँग्रेसका वडा सभापति तुल्सीराम न्यौपाने गल्याङ नगरपलिकाको वडा नम्बर ५ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ । पुराना र त्यागी ,नेता भएकै कारण वडा अध्यक्षका उहाँ बलिया दावेदार मानिनुहुन्छ ।

 

चन्द्र बहादुर रखाली

नेपाली काँग्रेस क्षेत्रिय प्रतिनिधि चन्द्र बहादुर रखाली गल्याङ नगरपलिकाको वडा नम्बर ५ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ ।

 

 

वडा नं ६

वडा नं ६ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले) टिकाराम भुसालले ७०९ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका सीता चापागाईले ४३९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का एक नारायण तिवारीले ७१ र राष्ट्रिय जनमोर्चा पार्टीका अग्नीप्रसाद चापागाईले १३ मत ल्याउनु भएको थियो ।

प्रेम गुरुङ

काँग्रेसका नगर उपसभापति प्रेम गुरुङ गल्याङ नगरपलिकाको वडा नम्बर ६ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ । उपसभापतिमा नगरमै अत्याधिक मत ल्याउन सफल युवा नेता गुरुङ प्रभावशाली ब्याक्तित्व भएकै कारण वडा अध्यक्षका बलिया दाबेदार मानीनुहुन्छ ।

 

चन्द्र चापागाई

नेपाली काँग्रेसका वडा सभापति चन्द्र चापागाई गल्याङ नगरपलिकाको वडा नम्बर ६ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ । वडा सभापति भएकै कारण चापागाई वडा अध्यक्षका दाबेदार मानिनुहुन्छ ।

 

सिता चापागाई

नेपाली काँग्रेसकाे महिला नेत्रृ चापागाई गल्याङ नगरपलिकाको वडा नम्बर ६ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ । यस अघिको निर्वाचनमा वडा अध्यक्षमा पराजित हुनुभएकी चापागाई पुन वडा अध्यक्षको दाबेदार मानिनुहुन्छ ।

 

वडा नं ७
नगरपालिकाको वडा नं ७ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले) का राम बहादुर गुरुङले १७७० मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका गो कृष्ण पाण्डेले ३८४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का टिकाराम भण्डारीले ३४ र गौ माया रानाले ६ मत ल्याउनु भएको थियो ।

सौनारायण गुरुङ

नेपाली काग्रेसका वडा सभापति ,युवा नेता सौनारायण गुरुङ गल्याङ नगरपलिकाको वडा नम्बर ७ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ । नेकपा एमाले बहुल्यता भएको ठाउँमा नेपाली काँग्रेसको संगठनलाई सकृय ढंगले संगठन विस्तार गर्न सक्ने भएकै कारण वडा अध्यक्षका बलिया दाबेदार गुरुङ मानिनुहुन्छ ।

 

एस.बि. खड्का (सुनिल)

उत्तर कोरियाका काङ्ग्रेस को पहिचान बनाउनु भएका एस.बि. खड्का (सुनिल) युवा नेताका रुपमा चिनिनुहुन्छ । पाटिलाइ सहि दिशा निर्देश गर्न सक्ने प्रष्ट बक्ताको रुपमा ससक्त ढङ्गले राजनितीसङ्गै सामाजिक क्षेत्रमा लाग्नु भएका खड्का वडा अध्यक्ष देखि गल्याङ नगरपालिकाको मेयर सम्मको चर्चा मा हुनुहुन्छ ।

 

ठाकुर पाठक

नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि ठाकुर पाठक पुराना नेता ,राजनीतिमा सकृय ढंगले लाग्नु भएकै कारण वडा अध्यक्षका बलिया दाबेदार मानिनुहुन्छ ।

 

 

वडा नं ८
वडा नं ८ मा नेपाली काँग्रेसका भेक बहादुर श्रेष्ठले ६०४ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का क्षेत्र बहादुर रानाले ४१८ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का  केदारनाथ अधिकारीले २९ मत ल्याउनु भएको थियो ।

भेग बहादुर श्रेष्ठ

गल्याङ नगरपलिका वडा नम्बर ८ का हालका वडा अध्यक्ष भेग प्रसाद श्रेष्ठ वडा अध्यक्ष देखि गल्याङ नगरपलिकाको नगर प्रमुख सम्मको चर्चामा हुनुहुन्छ । गत चुनावमा नेपाली काँग्रेस बाट चुनाव लडेर चुनाव जित्न सफल भएकै कारण यस पटक पनि उहाँको नाम चर्चामा रहेको पाइन्छ । नेपाली काँग्रेस नगर उपसभापति निर्वाचित श्रेष्ठ नगर प्रमुख देखि वडासम्म सबै ठाउँको लागि योग्य मानिनुहुन्छ ।

 

चन्द्र राना

नेपाली काग्रेसका युवा नेता तथा माधिवेशन प्रतिनिधी चन्द्र राना गल्याङ नगरपलिकाको वडा नम्बर ८ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ । नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष साथै जनजाती भएकै कारण उहाँ बलिया दाबेदार मानीनुहुन्छ ।

 

सुवर्ण श्रेष्ठ

नेपालि काँग्रेसका वडा सभापती सुवर्ण श्रेष्ठ गल्याङ नगरपलिकाको वडा नम्बर ८ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ ।

 

 

वडा नं ९

नगरपालिकाको वडा नं ९ मा नेपाली काँग्रेसका हरीलाल खनालले ७३७ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का हिरामणी भण्डारीले ५२८ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का निमप्रसाद खनालले १७९ मत ल्याउनु भएको थियो ।

हरीलाल खनाल

गल्याङ नगरपलिका वडा नम्बर ९ का हालका वडा अध्यक्ष हरि खनाल वडा अध्यक्ष देखि गल्याङ नगरपलिकाको नगर प्रमुख सम्मको चर्चामा हुनुहुन्छ । गत चुनावमा नेपाली काँग्रेस बाट चुनाव लडेर चुनाव जित्न सफल भएकै कारण यस पटक पनि उहाँको नाम चर्चामा रहेको पाइन्छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेसनमा गल्याङ नगर सभापतिमा पराजित हुन पुग्नुभएको थियो ।

 

नेत्र अर्याल

नेपाली काँग्रेसका वडा सभापती नेत्र अर्याल गल्याङ नगरपलिकाको वडा नम्बर ९ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ ।

 

 

नावदेव खनाल

नेपाली काँग्रेसका जिल्ला सदस्य युवा नेता नावदेव खनाल गल्याङ नगरपलिकाको वडा नम्बर ९ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ ।

 

वडा नं १०

वडा नं १० मा नेपाली काँग्रेस धुव्रप्रसाद शर्माले ४११ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का क्षेत्र बहादुर गाहाले २७२ मत ल्याउनु भएको थियो ।

धुवशर्मा पंगेनी

गल्याङ नगरपलिका वडा नम्बर १० का हालका वडा अध्यक्ष धुवशर्मा पंगेनी वडा अध्यक्ष देखि गल्याङ नगरपलिकाको नगर प्रमुख सम्मको चर्चामा हुनुहुन्छ । गत चुनावमा नेपाली काँग्रेस बाट चुनाव लडेर चुनाव जित्न सफल भएकै कारण यस पटक पनि उहाँको नाम चर्चामा रहेको पाइन्छ । उहाँ नेपाली काँग्रेसको १४ औँ महाधिवेसनमा क्षेत्रिया सभापतिमा पराजित हुन पुग्नुभएको थियो ।

 

मुक्ती खनाल

नेपाली काँगेस्रका वडा सभापती मुक्ती खनाल गल्याङ नगरपलिकाको वडा नम्बर १० को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ ।

 

 

वडा नं ११

वडा नं ११ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले) का शंकरदेव अधिकारीले ११०१ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका देउ बहादुर सोमै मगरले ८३६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बाबुराम अधिकारीले ११२ र स्वतन्त्रका उदयराज अधिकारीले २८ मत ल्याउनु भएको थियो ।

लक्ष्मण डुम्रे

गल्याङ नगरपलिकामा नेपाली काँग्रेका वडा सभापति मध्य सबै भन्दा कान्छा वडामा सभापति लक्ष्मण डुम्रे गल्याङ नगरपलिकाको वडा नम्बर ११ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ ।

 

 

चक्रपाडी कंडेल

नेपाली काँग्रेस नगर सदस्य चक्रपाडी कंडेल गल्याङ नगरपलिकाको वडा नम्बर ११ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ ।

 

 

चिरञ्जीवी कडेल

नेपाली काँग्रेसका जिल्ला सदस्य चिरञ्जीवी कंडेल गल्याङ नगरपलिकाको वडा नम्बर ११ को नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको चर्चामा हुनुहुन्छ ।

 

 

बिष्णु अधिकारी

भातृसंगठन एवम् पाटीको विभिन्न जिम्मेवारी बसेर लामो समय काम गर्नुभएका बिष्णु अधिकारी नेपाली काङ्ग्रेसको तर्फबाट ११ नम्बर वडाको अध्यक्षको चर्चामा हुनुहुन्छ । नेपाल विद्यार्थी संघ गल्याङ बहुमुखी क्याम्पसको इकाइ सभापति हुँदै साबिक तुल्सीभञ्ज्याङ् गाबीसको पार्टी सचीवको जिम्मेवारी सम्हाल्नु भएका अधिकारी हाल ११ नम्बर वडाको पार्टी सचीव हुनुहुन्छ । प्रेस युनियन स्याङ्जाको जिल्ला कोषाध्यक्षमा रहेर २ कार्यकाल काम गर्नुभएका अधिकारी नेपाल विद्यार्थी संघको जिल्ला सह सचिव हुनुहुन्छ । नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन बाट प्रदेश प्रतिनिधिको रुपमा निर्वाचित अधिकारी गल्याङ जेसिसको अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय