नगरप्रमुखले विकासमा ध्यान नदिएपछि नागरिक जुरुक्कै उठे, गल्याङमा केवलकारसम्मको अध्यन सुरु

२०७८ चैत्र २०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङ्जा, २० चैत । स्थानीय सरकारले गल्याङ नगरपालिकाको दीगोका गुरु योजना अगाडि सार्न नसकेको भन्दै गल्याङ नगरपालिका क्षेत्रको समग्र विकासमा अब कसरी जान सकिन्छ भनेर विभिन्न सरोकारवालाहरु बीच छलफल सुरु भएको छ ।

नगरको बिकासमा लागेको समुहले अहिलेसम्म नगरले कुनै गुरु योजना अगाडि सार्न नसकेको भन्दै गल्याङ नगरपालिकाको समग्र बिकासको विकल्प तयार पार्न एउटा समितिनै बनाएर अगाडी बढेको छ । लगानीको लागी फाउन्डेसन कम्पनी, केवलकार अध्यन समिति सहितको एउटा सल्लाहकार समिती बनाएर अगाडि बढाएको डा. शिवशंकर बस्यालले जानकारी दिनुभयो । सनिवार बुटवलमा भएको सरोकारवालाहरुको भेलाले गल्याङको समग्र विकासको हितको लागि सबै आस्था र बिचारलाई समेट्ने गरि समिती समेत बनाएको छ ।

गल्याङको ओझेलमा परेको एक स्थानको पहिचानलाई अगाडि बढाउने उदेश्यका साथ स्थापना भएको हात्तीस्थान फाउन्डेसन प्रथम साधारणसभाले अब समग्र गल्याङ नगरपालिकाको विकासमा ध्यानाकर्षण गर्ने गरि विभिन्न समितिनै बनाएर अगाडी बढेको हो । सनिबार बुटवलमा सम्पन्न भएको हात्तीस्थान फाउण्डेसनको प्रथम अधिवेशन तथा साधारण सभाले डा. शिवशंकर बस्यालको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा ऋषिराम बस्याल, सचिव दुर्गा पाण्डे, कोषाध्यक्ष टंक बस्याल, सहसचिव शिवलाल लम्साल र सदस्यहरु माया चापागाई, रामप्रसाद पाण्डे,हरिश्चन्द्र सिंजाली, याम बहादुर तराउ, दुर्गा तरामु मगर, जयबहादुर भट्टराई, थानबहादुर पाण्डे, माया पाण्डे,शम्भु बस्याल , ढाकारम अर्याल, न्याम बहादुर पान्डे , जय बल्लभ बस्याल, देबि प्रसाद लम्साल, डोलराज भट्टराई , गुरुप्रसाद न्यौपाने चोकलाल बस्याल इन्द्र प्रसाद अधिकारी ,कल्पना पान्डे , मन बहादुर सिंजाली , राजकुमार बस्याल, कृष्ण पान्डेय ,रामप्रसाद बस्याल, बालचन राना हेमन्त रखाली, भुपराज बस्याल,शंकर क्षेत्री,प्रेम सिजाली,जनक भट्टराई,तिल बहादुर तराउ, चित्र राना, रहनुभएको छ ।

त्यसैगरी सभाले ऋषिराम बस्यालको अध्यक्षतामा तामेकोट सेतीबेनी केबलकार अध्ययन तथा निर्माण समिति निर्माण भएको छ । जसको उपाध्यक्ष मा श्यामप्रसाद बस्याल तथा कोशाध्यक्ष मा युक्तराज खनाल तथा सदस्यहरु मा टंक बस्याल लगायत रहनुभएको छ ।

आगामी दिनमा त्या क्षेत्रको समग्र बिकासका लागि लगानी केन्द्रित गर्ने उद्देश्यले दुर्गा पाण्डेको नेतृत्वमा हात्तिस्थान इन्भेष्टमेन्ट एन्ड कम्पनी गठन गर्ने निर्णय गरेको छ ।

त्यस क्षेत्रमा रहेका एतिहासिक, पर्यटन लगायत बौद्धिक सम्पदाहरुको उजागर गर्ने उद्देश्यले प्राध्यापक रामप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय प्रकाशन समिति गठन गरेको छ जसको सदस्यहरुमा खोमा तरामु, भुपराज बस्याल,दुर्गा तराउ र न्याम बहादुर पान्डे रहनुभएको छ ।

यसैगरि कमल भुसालको संयोजकत्वमा १९ सदस्यीय सल्लाहकार परिषद गठन भएको छ । जसका सदस्यहरूमा नुमाकान्त चापागाई, श्यामप्रसाद बस्याल , डा. लेखनाथ आचार्य, चैतन्य कृष्ण , मणि प्रसाद बस्याल, लिलाधर पौडेल, , यादब भट्टराई छबिलाल कुवर,तारा भुसाल,बिष्णु बस्याल, नेत्र पान्डेय, नेत्र बस्याल,घनश्याम भट्टराई,भिम बहादुर थापा, चन्द्रबहादुर रखाली, खिम बहादुर थापा, इन्द्र अधिकारी,थानेश्वर न्यौपाने ,मोतीबहादुर पाण्डे, भीमबहादुर थापालगायत रहनुभएको छ ।

सभामामा बोल्दै गरिमा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले स्याङ्जाको स्यालबास, तामेकोट, हात्तीस्थानलगायतका क्षेत्रहरुबाट विभिन्न पेशा व्यवसायका क्रममा अस्थायी वा स्थायी रूपमा देश विदेशका विभिन्न स्थानहरुमा बसोबास गर्ने स्याङ्जालीहरुले आफ्नो जन्मभूमि वा गाउँको विकासका लागी सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले ती क्षेत्रहरू सांस्कृतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानहरु भएको भन्दै यसको क्षेत्रको विकास र समृद्धिका लागी राज्यले ध्यानदिनुपर्ने बताउनुभयो ।

सभामा अवधारणा पत्र प्रस्तुत गर्दै डा. शिवशंकर बस्यालले तामेकोट क्षेत्र पुरातात्विक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण भएको भन्दै यस क्षेत्रलाई विश्वव्यापी बनाउन सबै एकीकृत हुनुपर्ने बताउनुभयो । उहाँले गल्याङ नगरपालिकाको हात्तीस्थान, तामेकोट, स्यालबास, मिर्मी, सेतीबेनी शिलालेक क्षेत्रका जनतालाई लक्षित गरी सामूहिक वित्तिय संस्था र केबलकारको सम्भाव्यताबारे अध्ययन गरिएको भन्दै यसले स्थानीय जनताको आर्थिक जीवनस्तर उकास्ने बताउनुभयो ।

मिर्मी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद पाण्डेले गाउँको आर्थिक स्तर उन्नतिका लागी सबै क्षेत्रबाट पहल हुनुपर्ने बताउदै फाउण्डेसनले यसको मूल नेतृत्व गर्नुपर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा जन्मिएर विभिन्न स्थानहरुमा पेशा व्यवसायमा संलग्न वा बसोबास गर्ने सबै स्याङ्जालीहरुले आफ्नो जन्मभूमिको माटोलाई बिर्सन नहुने बताउनुभयो ।

कार्यक्रममा समाजसेवी एवं बुद्धिजीवीहरु इन्द्र अधिकारी घनश्याम भट्टराई, शिवराल लम्साल, दुर्गा तरामु मगर, खोमा तरामु मगर, जयबहादुर भट्टराई, लिलाधर पौड्याल, कलम भुसाल, नुमाकान्त चापागाई, घनश्याम भट्टराई, श्यामप्रसाद भट्टराई लगायतले बोल्दै स्याङ्जाको सुदूर गाउँ हात्तीस्थान, तामेकोट, स्यालबास, मिर्मि र सेतीबेनी क्षेत्रलाई विश्वव्यापी प्रचार गर्न तथा त्यहाँको जनताको जीवनस्तर विकासका लागी सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताउनुभएको थियो ।

कार्यक्रमको अध्यक्ष फाउण्डेसनका अध्यक्ष दुर्गा पाण्डे बस्यालको अध्यक्षता र सञ्चालन फाउण्डेसनका उपाध्यक्ष यमकुमारी भुर्तेल चापागाईले गर्नुभएको थियो । कल्पना पाँडे मगरले स्वागत गर्नुभएको थियो । सभामा डा. बस्यालले फाउण्डेसनको आर्थिक प्रतिवेदन र आगामी योजना पेस गर्नुभएको थियो । फाउण्डेसनले त्यस क्षेत्रको पर्यटन विकासलाई केन्द्रमा राखेर स्मारिका प्रकाशन गर्न लागेको छ ।

यसअघि फाउण्डेसनले गत पुष १५, १६ र १७ गते स्याङ्जामा हात्तीस्थान तामेकोट महोत्सव सम्पन्न गरेको थियो । महोत्सवमा उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गर्नुभएको थियो । यो क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका ५ मा रहेको छ । यहाँ करिब ७ सय ५० बर्ष पुरानो तामेकोट राज्यको दरबारको भग्नावेश रहेको छ । फाउण्डेसनले उक्त स्थानमा पर्यटकीय विकास गर्ने उद्देश्यले करिब १० करोडको लगानीमा उक्त दरबार पुनर्निर्माण गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय