स्याङ्जा , १ बैशाख। निर्वाचन आचारसंहिता उलंघन गर्दै अर्जुन चौपारी गाउँ उपाध्यक्ष चिनु माया गुरुङले खाद्य सामग्री वितरण गरेको पाइएको छ । चैत ३० गते उहाँले सोही गाउँ पालिकाको वडा नम्बर ६ दरौमा सामग्री वितरण गरेको पाइएको हो ।
पौष्टिक आहार अन्तर्गत उहाँले विभिन्न घर परिवारलाई नगदसहित विभिन्न सामग्री वितरण गरेको पाइएको छ । उहाँले हेर्ने कुरासंगको कुराकानीमा विभिन्न सामग्री वितरण गरेको स्वीकार गर्नुभएको छ ।