पुतलीबजार नगरपालिकामा मेयरको चर्चा, को बन्ला अबको प्रमुख

२०७९ बैशाख १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 6 मिनेट

स्याङ्जा, १ वैशाख । २०७४ को स्थानीय निर्वाचनमा पुतलीबजार नगरपालिकाको प्रमुख र उपप्रमुख नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जित हासिल गरेको थियो । पुतलीबजार नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सिमा कुमारी क्षेत्री र उपप्रमुखमा महेश पुरी बिजयी हुनुभएको थियो ।

पुतलीबजार नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सिमा कुमारी क्षेत्रीले १०२४९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका तुलसीराम रेग्मीले ९०२९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दुर्गा नारायण ढकालले ६६५, राष्ट्रिय प्रजातन्त्र पार्टीकी पूर्ण कुमारी गुरुङले ४८५, नयाँ शक्ति पार्टी, नेपालका पोम नारायण अर्यालले ९५, राष्ट्रिय जनमोर्चा पार्टीका गेम बहादुर हमालले २९ र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) की विष्णु माया सुवेदीले १० मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महेश पुरीले १०३७९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसकी हिरादेवी शर्माले ८४४४, राष्ट्रिय प्रजातन्त्र पार्टीका हिक्मत जंग कार्कीले ९९८ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की इश्वरी सिग्देल अर्याल ७३६ मत ल्याउनुभएको थियो ।

१४ वडा रहेको पुतलीबजार नगरपालिकाकोे वडा न १, २, ३, ४, ७, ८, ९, १२, १३ र १४ गरी दश वटामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले र बाँकी ५, ६, १० र ११ गरी चारवटा नेपाली काँग्रेस विजयी भएको थियो ।

पुतलीबजार नगरपालिकाको वडा नं १ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले)का निर्मल कुमार शेयरचनले ६२८ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका कृष्णप्रसाद अर्यालले ५९६ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नारायणप्रसाद लम्सालले ६७, स्वतन्त्रका भुपेन्द्र पौडेलले ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गुप्त बहादुर मल्लले १८ मत ल्याउनु भएको थियो ।

त्यसैगरी वडा नं २ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तिलकराम श्रेष्ठले ६४५ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका बाल कुमार गुरुङले ४५५ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लक्ष्मण बहादुर कुँवरले १३ मत ल्याउनु भएको थियो ।

नगरपालिकाको वडा नं ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अमृतप्रसाद श्रेष्ठले ११२३ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका श्रीराम उपाध्यायले ९९४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की राधिका गोदारले १०० र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन प्रसाद उपाध्यायले २३ मत ल्याउनु भएको थियो ।

त्यसैगरी वडा नं ४ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ओम बहादुर खड्का क्षेत्रीले ८३४ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका मित्र बन्धु पोखरेलले ७३१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुप्रसाद पोखरेलले ७० र राष्ट्रिय प्रजातन्त्र पार्टीकी राजु कुमारी थापाले १४ मत ल्याउनु भएको थियो ।

नगरपालिकाको वडा नं ५ मा नेपाली काँग्रेसका रामचन्द्र रेग्मीले ६७४ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी ९एमाले० का लोकनाथ रेग्मीले ४५७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन बहादुर कार्कीले ३२३ मत ल्याउनु भएको थियो ।

त्यसैगरी वडा नं ६ मा नेपाली काँग्रेसका कृष्ण बहादुर कार्कीले ५८६ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का खड्कराज सुवेदीले ५६० र राष्ट्रिय प्रजातन्त्र पार्टीका टेक बहादुर गुरुङले १५ मत ल्याउनु भएको थियो ।

नगरपालिकाको वडा नं ७ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले) का विश्वेश्वर प्रसाद रेग्मीले ९०८ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका नेम बहादुर रानाले ७५४ मत ल्याउनु भएको थियो ।

त्यसैगरी वडा नं ८ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले) का याम बहादुर शाहीले ४१२ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका मोती प्रसाद आलेले ३६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका राम बहादुर गुरुङले २२६ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का राम बहादुर गुरुङले २२ मत ल्याउनु भएको थियो ।

नगरपालिकाको वडा नं ९ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले) का तिल प्रसाद गुरुङले ५०५ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मन बहादुर थापाले २४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका राम बहादुर गुरुङले २२६, नेपाली काँग्रेसका हितेन्द्र ठाकुरले १३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका राम बहादुर गुरुङले १२ मत ल्याउनु भएको थियो ।

त्यसैगरी वडा नं १० मा नेपाली काँग्रेसका दुर्ग बहादुर शाहले ७५४ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का किशोर कुमार श्रेष्ठले ४४५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका जीत बहादुर थापाले १५ मत ल्याउनु भएको थियो ।

नगरपालिकाको वडा नं ११ मा नेपाली काँग्रेसका भवानी प्रसाद लामिछानेले ८२१ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टी (एमाले) का ऋषि कुमारी पराजुलीले ३२९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का टो माया सार्कीले ४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नारायण अर्यालले १७ मत ल्याउनु भएको थियो ।

त्यसैगरी वडा नं १२ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले) का दुतप्रसाद गुरुङले ३७३ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका खेम बहादुर गुरुङले ३०५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका भगवान केसीले २५ मत ल्याउनु भएको थियो ।

नगरपालिकाको वडा नं १३ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले) का ख्याम नारायण अधिकारीले १७३६ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका शुक्र नारायण सुवेदीले ८१९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का श्यामप्रसाद अर्यालले ६० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नुवादत्त पौडेलले २४ मत ल्याउनु भएको थियो ।

त्यसैगरी नगरपालिकाको वडा नं १४ मा नेपाली कम्युनिष्ट पार्टी (एमाले) का शेषराज ढकाल १२८० मत ल्याएर विजयी हुँदा उहाँको प्रतिद्धन्दी नेपाली काँग्रेसका हुमनाथ ढकालले ९१२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महदत्त शर्माले ४५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मुहमद सत्तारले १७ मत ल्याउनु भएको थियो ।

अहिलेको चुनावमा कुन पार्टी बाट कस्को चर्चा

नेकपा एमाले
१.सिमा क्षेत्री

पुतलीबजार नगरपालिकाको सफल मेयर भएकै कारण सिमा क्षेत्रीको नाम हाल पनि नेकपा एमाले बाट चर्चामा रहेको पाइन्छ । निडर र साहासी महिलाको पहिचान बनाउनु भएकी क्षेत्री कोभिडको समयमा कुशल ब्यबस्थापन गरेकै कारण जनतामाझ लोकप्रिय हुनुहुन्छ ।

 

२. महेस पुरी

नेकपा एमाले बाट टिकट पाएर पुतलीबजार नगरपालिकाको उप मेयर हुन सफल भएका महेश पुरीको नाम हाल नगर प्रमुखको चर्चामा रहेको पाइन्छ । एमालेका तर्फबाट बलिया दाबेदार मानिनु भएका पुरी जनता माझ लोकप्रिय नेताको रूपमा चिनिनुहुन्छ ।

 

 

३.भरत गोदार

नेकपा एमालेको पुतलीबजार नगर अध्यक्ष भएकै कारण भरत गोदार नेकपा एमालेको तर्फबाट पुतलीबजार नगरपालिकाको नगर प्रमुखको चर्चामा हुनुहुन्छ ।

 

 

४.ओम बहादुर खड्का

गत निर्वाचनमा पुतलीबजार नगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा निर्वाचित ओम बहादुर खड्का हाल नेकपा एमालेको तर्फबाट पुतलीबजार नगरपालिकाको नगर प्रमुखको चर्चामा हुनुहुन्छ । हाल उहाँ नेकपा एमाले जिल्ला कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।

 

 

५.अन्न्त कुमार श्रेष्ठ 

राजनीति भन्दा पनि समाजसेवीको पहिचान बनाउनु भएका अन्न्त कुमार श्रेष्ठ नेकपा एमालेको तर्फबाट नगर प्रमुखको चर्चामा हुनुहुन्छ । सहयोगी तथा विकास प्रेमी नेताको पहिचान बनाउनु भएका श्रेष्ठ जनता माझ लोकप्रिय भएकै कारण नगर प्रमुखको उच्च चर्चामा रहेको पाइन्छ ।

 

 

नेपाली काङ्ग्रेस
१.भरत प्रसाद लम्साल

युवा नेताको पहिचान बनाउनु भएका भरत प्रसाद लम्साल नेपाली काङ्ग्रेसको तर्फबाट पुतलीबजार नगरपालिका नगर प्रमुखको चर्चामा हुनुहुन्छ । जिल्ला सभापति राजु थापाका बिश्वासिला पात्र मानिनु भएका लम्साल नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको प्रवक्ता हुनुहुन्छ । सबैलाई समेट्न सक्ने अर्थशास्त्र र राजनीति शास्त्रमा स्ताकोत्र गर्नु भएका लम्साल बौद्धिक नेताको पहिचान बनाउनु भएका लम्साल पुतलीबजार नगरपालिकाको नगर प्रमुख बन्ने बलियो सम्भावना देखिन्छ । नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन बाट महाधिवेशन प्रतिनिधिमा बिजय हुनुभएका लम्साल महासमिति सदस्य समेत हुनुहुन्छ । स्याङ्जा बहुमुखी क्याम्पसका सस्थापक तथा क्याम्पस प्रमुख, स्याङ्जा उच्च माबीका सस्थापक पिन्सिपल,नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष र हिसान स्याङ्जाक अध्यक्ष समेत रहनु भएका लम्सालले नेपाल सरकारबाट उत्कृष्ट पिन्सिपल र उत्कृष्ट ब्यबस्थापकको राष्ट्रिय पुरस्कार समेत प्राप्त गरिसक्नु भएको छ ।

२.कुमार राना

नेपाली काङ्ग्रेस स्याङ्जा जिल्लाको पुर्व कार्यवाहक सभापति भएर लामो समय जिल्लामा काङ्ग्रेस चलायामान बनाउनु भएका बुद्धि बहादुर राना (कुमार) नेपाली काङ्ग्रेसको तर्फबाट पुतलीबजार नगरपालिकाको चर्चामा हुनुहुन्छ । युवा तथा बौद्धिक नेताको पहिचान बनाउनु भएका राना काङ्ग्रेसको तर्फबाट नगर प्रमुखका बलिया दाबेदार मानिनुहुन्छ । नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएपनि राना जनता माझ लोकप्रिय हुनुहुन्छ ।

 

३.तुल्सी रेग्मी

नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति भएकै कारण तुल्सी रेग्मीको नाम नेपाली काङ्ग्रेसको तर्फबाट पुतलीबजार नगरपालिकाको नगर प्रमुखको चर्चामा छ । यस अघिको चुनावमा नेकपा एमालेकि सिमा क्षेत्रीसंग १२३३ मतले पराजित हुन पुग्नु भएका रेग्मीको नाम यश पटक पनि मेयरको चर्चामा छ ।

 

 

४.तुल्सी गिरि

स्याङ्जा जिल्लामा वकिलको राम्रो परिचय बनाउनु भएका तुल्सी गिरि नेपाली काङ्ग्रेसको तर्फबाट पुतलीबजार नगरपालिकाको नगर प्रमुखको चर्चामा हुनुहुन्छ । उमेरले सात दशक कट्नु भएका गिरि यश अघिको चुनावमा स्याङ्जा क्षेत्र नम्बर १ को प्रदेश ख मा नेकपा एमालेका प्रदेश सांसद मीन प्रसाद गुरुङ संग परािजत हुनु भएकाे थियाे ।

 

 

५.सुरज कुमार अधिकारी

लामो समय तरुण दलमा सक्रिय हुनुभएका सुरज कुमार अधिकारी नेपाली काङ्ग्रेसको तर्फबाट पुतलीबजार नगरपालिकाको नगर प्रमुखको चर्चामा हुनुहुन्छ । नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन बाट अत्यधिक मत ल्याएर पुतलीबजार नगरपालिकाको सभापतिमा निर्वाचित हुनुभएका अधिकारी युवा नेताको रूपमा चिनिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय