निकट भित्रको बिकट : पटकाङ_देबिस्थान

२०७९ बैशाख ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

दिपक अधिकारी
स्याङजा , ६ बैशाख । पेलाकोट १ मा पर्ने पटकाङ देबिस्थान राज्य पुनर्स्थापना पश्चात् भने गल्याङ नगरपालिका वडा नम्बर ७ मा पर्दछ। भौगोलिक दुरिका हिसाबले गल्याङ नगरको सदरमुकामसङ्ग जोडिइ २ किलोमिटर भित्रमा पर्ने पटकाङ देबिस्थान बिकासका पुर्बाधार,रोजगारी,राज्य सत्ताबाट प्राप्त हुने सेवा सुबिधाका हिसाबले भने अत्यन्तै बिकट र दुर्गम रहेको छ।

करिब ११० घरधुरी रहेको यो गाउँमा ७० प्रतिशत ब्राहमण,२९ प्रतिशत मगर तथा १ प्रतिशत अन्य जातजातिका समुदायहरुको बसोबास रहेको पाइन्छ। जनसङ्ख्याको कुरा गर्ने हो भने झण्डै ५५० जना रहेको पाइन्छ। यो गाउँमा सरकारी जागिरे,उच्च ओहोदामा रहेका मान्छे कम र व्यापार ब्यबसायमा आबद्द, बैदेशिक रोजगारिका लागि केहि खाडी मुलुक, केहि कोरिया,जापान र केही युरोप अमेरिका रहेकाले आर्थिक रुपमा केही सम्पन्न देखिन्छ।

गाउँको उत्तर भागबाट बग्ने मान्केखोला,दक्षिण भागबाट बग्ने आँधिखोला निकटमै रहेपनी बेलाबेला स्वच्छ खानेपानी अभाबका कारण जनजिबन प्रभाबित हुनुका साथै सिङ्चाइको उचित ब्यबस्थापन हुन नसक्नाले हजारौँ रोपनी जग्गा बाँझो रहेको छ। दशकौं अघि बजारबाट गाउँसम्म जोड्ने मोटरबाटो आएतापनी अहिलेसम्म त्यसको खासै स्तरोन्नती हुन सकेको छैन,घर(गोठहरु पहिरोको जोखिमका कारण झुन्डिएका छन।गल्याङबाट चोक हुँदै पिँढिखोला, सेतिबेणी जाने बाटो भन्दा गल्याङ(पट्काङ-कल्लेरी-पिँढिखोला हुँदै सेतिबेणि जाने बाटो दुरिका हिसाबले ७र८ किलोमिटर कम हुने र पट्काङ नै जक्सनमा हुने गर्दछ। त्यस्तै गल्याङ-पटकाङ-ग्वादी-राम्चे, गल्याङ-पटकाङ-निबुवाखर्क-सेतिबेणी जोड्ने सडकखन्डमा समेत पटकाङ जताततैबाट जक्सनमा हुने र यो गाउलाइ शिक्षा,स्वास्थ्य,यातायात,रोजगारी,व्यापार ब्यबसायको हबका रुपमा बिकास गर्न सकिने सम्भावना हुँदाहँदै पनि सम्बन्धित निकायको ध्यान नजानाले यो ठाउँ बत्तिमुनिको अँध्यारो जस्तै भएको छ।

कुलो,नाली,पर्खालको अभाबमा बर्षायाममा बाटो भत्किने,हिलाम्मे हुने,हिउँदमा धुलो उँढेर जनताले सास्ती बेहोर्नुपरेको छ। अलिअली बनेका नाली र पर्खालहरुपनी छेउ न टुप्पो हुनेगरी पहुँच भएका गाउँ वरिपरि मात्र सिमित छन। ठूलो सङ्ख्यामा युवा जनशक्ति रहेको पटकाङमा उचित खेल मैदानको अभावका कारण युवाहरु खेलबाट बन्चित हुनुपरेको छ। त्यस्तै कम्प्युटर, अङ्ग्रेजि ,आधुनिक, प्राबिधिक शिक्षा र बिधालयमा सिकाइसम्बन्धी पर्याप्त भौतिक सम्रचनाको अभाबका कारण समेत गाउँमै रहेको कालिका आधारभुत बिधालय जुन ७ नम्बर वडाका तीन मतदान केन्द्र मध्यको एक हो,यो बिधालय समेत सहरकेन्द्रीत शिक्षा र बिधार्थिहरुको घट्दो क्रमले जोखिममा पुगेको छ।

आधुनिक समय सुहाउँदो, पढेलेखेको,बिषयबस्तुको ज्ञान भएको,दुई पाङ्ग्रे सवारिको लाइसेन्स भएको, जनतालाइ अधिकतम समय दिन सक्ने र स्थायी रुपमा गाउँमै बस्ने स्वयमसेबिकाको अभाबको कारण गर्भवती महिलाहरुले उचित सल्लाह,सुझाबका साथै सामान्य खालको उपचार र परामर्श समेत लिन पाएका छैनन। सामान्य चोटपटक लाग्दा,रुघाखोकी लाग्दा र प्राथमिक उपचार गर्न समेत गल्याङ नै जानुपर्ने बाध्यता रहेको छ। स्वास्थ्य र सुरक्षाको दृष्टिकोणले समेत यो गाउँ जोखिममा रहेको छ। बढ्दो चोरिडकैती,हत्या,हिंसा,बलात्कारको कारणले पनि बजारबाट गाउँसम्म आउँने बाटोमा बिजुली पोलको उपलब्धता गराइ उज्यालो बाटो र उज्यालो गाउँको आबस्यकता महशुस गरिएको छ।

पचासौं बर्ष अगाडि यातायातको ब्यबस्था नभएको बखत सबैलाइ पाएक पर्नेगरी बनाइएको मनहरी खर्कको वडा भवन अहिलेको समयमा भने पटक्कै पायक नपरेको जन समुदायको गुनासो रहेको छ। हरेक गाउँसम्म बाटो पुगेको र प्राय धेरैजसो मानिसहरु कुनै न कुनै रुपमा गल्याङ आउने काम पर्ने हुनाले ७ नम्बर वडाको प्रबेशद्वार फाँटमा वडा कार्यालय राख्दा सेवा ग्राहिलाइ बिहान प्रत्यक गाउँबाट गाडी चढेर वडामा आइ कागजात बनाइ गल्याङ, वालिङमा गर्नुपर्ने सबै काम सकि साँझ फेरि त्यही गाडी चढी गाउँ फर्किन सहज हुने धेरैको ठम्याइ रहेको छ।

विशेष गरेर एमाले पार्टिको ब्रचश्व रहेको यो गाउँमा बजारबाट अत्यन्तै नजिक भएतापनी केही भने राम्रा काम अबश्य भएका छन तर अति आबश्यक र हुनैपर्ने धेरै कामहरु हुन सकिराखेका छैनन। साबिकको पेलाकोट १ हँदा पनि र अहिलेको ७ नम्बर वडा हुँदा पनि नगर तथा प्रदेशबाट आउने अधिकतम बजेट माथिल्लो भेगलाइ जाने र यो साबिकको १ नम्बर वडा भुगोलको हिसाबले बजारबाट नजिक भएतापनी एक छेउतिर पर्ने र नेतृत्व तहमा यहाँका मान्छे नहुने,भएतापनी चासो नदिएकै कारण यो ठाउँ सोँचेजति बिकाश नभएको बरु हामी भन्दा पछिल्ला गाउँहरुले औषत रुपमा बढी बिकाश गर्न सकेको जनगुनासाहरु रहँदै आएका छन।

स्थानिय तहको चुनाब नजिकिदै गर्दा खासै गाउँ न आउने नेता कार्यकर्ता अहिले भने विभिन्न बाहना बनाउँदै घरघर डुलेको देखिन्छ। राजनितिमा खासै चासो नदेखाउने यो गाउँका युवा तथा बृदबृदा बुवा आमाहरुले गाउँमा आउँने नेतालाइ अघिल्लो बर्षका बाचाहरु के भए, तपाईंहरुबाट अब के अपेक्षा गर्ने भनी प्रश्न गरि यसपटक लिखित रुपमा सहमती गरि कसम खुवाएर मात्र भोट दिने, भोट दिँदा हाम्रोभन्दा राम्रो,पार्टिभन्दा ब्याक्ती जो दक्ष,योग्य,क्षमतावान,नैतिकवान छ उसलाइ दिने निर्णय गरेका कुराहरु चोकचोकमा सुनिन थालेका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय