यस कारण भरत लम्साल पुतलीबजारका बलिया उम्मेदवार

२०७९ बैशाख १०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, १० बैशाख । युवा नेताको पहिचान बनाउनु भएका भरत प्रसाद लम्साल नेपाली काङ्ग्रेसको तर्फबाट पुतलीबजार नगरपालिको नगर प्रमुखको बलिया दाबेदार मानिनुहुन्छ । जिल्ला सभापति राजु थापाका बिश्वासिला पात्र मानिनु भएका लम्साल नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको प्रवक्ता हुनुहुन्छ । सबैलाई समेट्न सक्ने अर्थशास्त्र र राजनीति शास्त्रमा स्ताकोत्र गर्नु भएका लम्साल बौद्धिक नेताको पहिचान बनाउनु भएका लम्साल पुतलीबजार नगरपालिकाको नगर प्रमुख बन्ने बलियो सम्भावना देखिन्छ । नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन बाट महाधिवेशन प्रतिनिधिमा बिजय हुनुभएका लम्साल महासमिति सदस्य समेत हुनुहुन्छ । स्याङ्जा बहुमुखी क्याम्पसका सस्थापक तथा क्याम्पस प्रमुख, स्याङ्जा उच्च माबीका सस्थापक पिन्सिपल,नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष र हिसान स्याङ्जाक अध्यक्ष समेत रहनु भएका लम्सालले नेपाल सरकारबाट उत्कृष्ट पिन्सिपल र उत्कृष्ट ब्यबस्थापकको राष्ट्रिय पुरस्कार समेत प्राप्त गरिसक्नु भएको छ ।

यस्तो छ लम्सालको राजनीति यात्रा

१) २०३६ सालको विद्यार्थी आन्दोलनका सहभागि । ने.वि.संघको चुनाव चिन्ह निलोको पक्षमा सक्रिय ।
२) २०४२ सालमा ने.वि.संघ अमृत साइन्स क्याम्पसको इकाई सदस्य ।
३) २०४६ सालको जन आन्दोलनमा मशाल जुलुसमा संलग्न ।
४) २०४७ सालमा ने.वि.संघ स्याङ्जा पुतलिबजार गा.वि.स ईकाईको सह—सचिवको रुपमा सक्रिय
५) २०४८ सालमा ने.वि.संघ जिल्ला कार्य समितिको सदस्यको रुपमा आम निर्वाचनमा सक्रिय ।
६) २०४८ सालमा नेपाली कांग्रेसको क्रियासिल सदस्यता प्राप्त ।
७) २०४९ सालमा ने.का. स्याङ्जा पुतलिबजार गा.वि.स ईकाई सचिवको रुपमा स्थानिय निर्वाचनमा सक्रिय ।
८) २०५१ सालमा ने.का. पुतलिबजार नगर उप.सभापतिको रुपमा मध्यावधि निर्वाचनमा सक्रिय ।
९) २०५२ सालमा ने.का. स्याङ्जा क्षेत्र न.ं १ को सचिब ।
१०) २०५६ सालको आमनिर्वाचनमा निर्वाचन परिचालन समिति क्षेत्र नं. १ को सचिबको रुपमा सक्रिय ।
११) २०५६ सालमा तत्कालिन प्रधानमन्त्री एवं ने.का.सभापति स्व. गिरिजाप्रसाद कोइरालाद्धारा
स्याङ्जामा सम्वोधित विशाल चुनावी आमसभाको उद्घोषण ।
१२) २०६० सालमा नेपाली कांगे्रस जिल्ला कार्य समिति सदस्यमा मनोनित ।
१३) २०६२ सालमा नेपाली कांगे्रस जिल्लाकार्य समिति सदस्यमा निर्वाचित ।
१४) २०६२÷६३ सालको जन आन्दोलनमा प्रहरीको लाठीचार्जबाट सख्त घाइते । जनआन्दोलन घाईते परिचयपत्र नं. १२ ।
१५) २०६२÷६३ को जनआन्दोलन परिचालन एवं घाइते उपचार एवं राहत समिति स्याङ्जाको संयोजक ।
१६) २०६५ सालमा नेपाल शिक्षक संघको केन्द्रिय सदस्यमा (निजीतर्फ) पहिलो पटक निर्वाचित ।
१७) २०६९ सालमा नेपाल शिक्षक संघको केन्द्रिय सदस्यमा दोस्रो पटक निर्वाचित ।
१८) २०७० सालमा ने.का. सभापति शुसिल कोइरालाद्धारा ने.का. केन्द्रिय अपाङ्ग विभागको सदस्य मनोनित ।
१९) २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा सक्रिय, १९ बर्ष पछि क्षेत्र नं. १ मा कांग्रेस विजयी ।
२०) २०७३ सालको नेपाली कांग्रेस पार्टीको १३ औं महाधिवेशनमा जिल्ला सचिवको उप—विजेता
२१) २०७४ सालमा नेपाल शिक्षक संघको केन्द्रिय उपाध्यक्ष निर्वाचित
२२) २०७८ सालको नेपाली कांग्रेस पार्टीको १४ औ महाधिवेशनबाट महासमिति सदस्य निर्वाचित र जिल्ला प्रवक्ताको जिम्मेवारी

यी हुन् सामाजिक क्षेत्रका योगदान

१) अध्यक्ष कञ्चनखोला खानेपानी उपभोक्ता समिति २०५५—२०६९
२) लक्ष्मी स्मृती सामुदायिक पुस्तकालय स्याङ्जाको ः–
क) सचिव २०५६
ख) उपाध्यक्ष २०५९
३) विश्वहिन्दु युवा परिषदको केन्द्रिय सदस्य २०५८
४) नेपाल प्राध्यापक संघको राष्ट्रिय अधिवेशन प्रतिनिधि २०५८
५) मानव अधिकार तथा शान्ति समाज स्याङ्जाको —
क) संस्थापक सचिव २०५९
ख) सभापति २०६१
ग) केन्द्रिय सदस्य २०६३
६) संयोजक एम्नेष्टी इन्टरनेशनल, स्याङ्जा २०६५
७) संस्थापक प्रिन्सिपल स्याङ्जा उच्च मा.वि. स्याङ्जा २०५८—२०६५
८) संस्थापक रोयल को—अपरेटिभ सोसाइटी स्याङ्जा २०५९
९) संस्थापक मुक्तिनाथ विकाश बैङ्क २०६३
१०) संस्थापक÷क्याम्पस प्रमुख स्याङ्जा बहुमुखी क्याम्पस, स्याङ्जा २०६६ देखि
हालसम्म कार्यरत
११) अध्यक्ष उच्च मा.वि. विद्यालय संघ (ज्क्ष्क्क्ब्ल्) स्याङ्जा २०७१ देखि हालसम्म
१२) संस्थापक मुक्तिनाथ कृषि कम्पनि २०७५

हालसम्म प्राप्त भएका सम्मान तथा पुरस्कार

१) नेपाल सरकार शिक्षा मन्त्रालयबाट विद्यालय संथापकको रुपमा शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान
पु¥याएवापत राष्ट्रिय शिक्षा पुरस्कार एवं सम्मान पत्र प्रदान २०६७
२) नेपाल सरकार शिक्षा मन्त्रालयबाट विद्यालय प्रिन्सिपलको रुपमा उल्लेखनीय योगदान पु¥याएवापत राष्ट्रिय शिक्षा पुरस्कार एवं सम्मान पत्र प्रदान २०६८

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय