स्याङ्जाका नवनिर्वाचित जनप्रतिनिधिले सरकारि सवारी साधन नलिने

२०७९ जेष्ठ १२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल

स्याङ्जा, १२ जेठ । स्याङ्जाका नवनिर्वाचित जनप्रतिनिधिले सरकारि साधन प्रयोग नगरि आफ्नै सवारी साधन प्रयोग गर्ने घोषणा गर्नुभएको छ ।

युवा तथा बौद्धिक नेताको परिचय बनाउनु भएका स्याङ्जाको कालिगण्डकि गाउपालिका वडा न ४ का वडा अध्यक्ष यादव पाण्डेले सरकारले उपलब्ध गराएको मोटरसाइकल नलिई आफुले पहिले देखि प्रयोग गर्दै आइरहेको मोटरसाइकल प्रयोग गर्ने बताउनु भएको छ ।

जनप्रतिनिधिको रुपमा निर्वाचित हुदैमा सरकारि सम्पत्ति प्रयोग गर्नुपर्छ भन्ने मानसिकतालाई तोड्दै पाण्डेले यस्तो निर्णय गरेको बताउनु भएको छ । पाण्डेका अनुसार अबको पाच वर्ष कार्यकाल जनता चाहना र आवश्यकता निरन्तरता दिई अगाडि बढ्ने प्रतिव्धता गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय