विश्व हिन्दु युवा संघ स्याङ्जा द्वारा वक्तित्वकला कार्यक्रम

२०८१ आश्विन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

युबराज सुबेदी

स्याङ्जा ३ असोज । विश्व हिन्दु युवा संघ स्याङ्जा,अर्जुन चौपारी सार्वजनिक पुस्तकालयको संयुक्त आयोजना तथा अर्जुन चौपारी गाउँपालिकाको समन्वयमा बुधबार बकृत्वकला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता विश्व हिन्दु युवा संघ स्याङ्जा अध्यक्ष नबराज पौडेलले गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि अर्जुन चौपारी गाउँपालिका उप प्रमुख सपना गुरुङ,यस्तै विशिष्ट अतिथिमा गाउपालिकाका प्रमुख प्रशासकिय प्रमुख कौशल पाण्डे, विश्व हिन्दु युवा संघका सल्लाहकार , भिरकोट नगरप्रबक्त एबम् वार्ड न १ का वार्ड अध्यक्ष दीपेन्द्र केसि,अर्जुन चौपारी वार्ड नं १ का अध्यक्ष रण बहादुर थापा, विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य एबम् वालिङ नगरपालिका वार्ड नं ११ का वार्ड अध्यक्ष डण्ड पानी पंगेनी ,शिक्षा शाखा प्रमूख कमला चापागाई लगायतको उपस्थिति रहेको थियो। राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर आधारभूत तह र माध्यमिक तहका विद्यार्थीहरुको लागि छुट्टाछुट्टै विषयमा बक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्जुनचौपारी गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङले संस्कार शिक्षा विद्यार्थीहरुलाई मात्रै नभएर समाजका हरेक व्यक्तिलाई आवश्यक भएको ।उहाले नैतिक शिक्षाको खडेरीले गर्दा अहिले विभिन्न खालका नराम्रा घटना घटेको र त्यसको न्यूनीकरणका लागि संस्कार शिक्षा आवशयक रहेको कुरा बताउनु भएको थियो। शिक्षा सुधारमा पालिकाले धेरै कार्य गरेको उहाले बताउनु भएको थियो।उहाले विश्व हिन्दु युवा संघले धेरै रचनात्मक कार्य गरेको र उहाले संघलाई प्रसंसा गर्नु भएको थियो।

यस्तै विश्व हिन्दु युवा संघका जिल्ला अधयक्ष नबराज पौडेलले संस्कार शिक्षा हरेक लाई आवशयक रहेको र यो अब जिल्ला भरि नै लागू गराउन आफू हरु लागेको बताउनु भएको छ।उहाले पालिकाका शैक्षिक सुधारकालागि आफूहरुले पनि सक्दो सहयोग गर्ने बताउनु भएको छ।सबै भन्दा ठूलो भनेको स्व धर्म हो ,यसलाई कसैले पनि बिर्सन नहुने कुरा बताउनु भएको थियो।आगामी दिनमा पालिका संग सहकार्य गरेर आफूहरुले थप रचनात्मक कार्य गर्ने बताउनु भएको थियो।

यसैगरी संस्कार शिक्षाको महत्त्वू बारेमा पालिकाका ९ वटा आधारभूत तहका विद्यालयले भाग लिएकोमा पञ्चकन्या मा।विकि छात्रा सुप्रीया क्षेत्री प्रथम भएकी छन् । द्वितीय अर्जुनचौपारी चिल्ड्रेन एकेडमीकि छात्रा सुलता थापा मगर र तृतीय बुद्ध आधारभूत विद्यालयकि छात्रा रश्मि पौडेल भएकी छन् ।

त्यस्तै विद्यालय शिक्षा सुधारमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय सरकारको भूमिकाू भन्ने शीर्षकमा माध्यमिक तहका ७ वटा विद्यालयाका विद्यार्थीहरुले भाग लिएकोमा अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीकि छात्रा दिपिका अर्याल प्रथम, सर्वोदय मा. वि. की रीता खनाल द्वितीय र दरौं मा.वि का छात्र झलकनाथ पौडेल तृतीय भएका छन् । यसैबीच प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ३ हजार रु २ हजार रु १ हजार नगद र प्रमाणपत्र वितरण गरिएको थियोे ।

कार्यक्रममा स्वागत मन्तब्य शिक्षा शाखा प्रमुख कमला चापागाईले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन चन्द्र बहादुर केसीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय