नेपालगञ्जमा झडप,  प्रहरी घाइते

२०७९ जेष्ठ १९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालगञ्ज, १९ जेठ । नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी दिँदै केही प्रहरी घाइते भएको र स्थिति नियन्त्रणमा आएको जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय