स्याङ्जामा लागुऔषधसहित एक जना पक्राउ

२०७९ जेष्ठ २७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २७ जेठ । स्याङ्जा, पुतलीबजार नगरपालिका १ बाट बिहीबार दिउँसो ३ बजे लागुऔषधसहित एक जना पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा कास्की पोखरालेखनाथ महानगरपालिका १७ छोरेपाटन बस्ने ३२ वर्ष विजय परियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले पुतलीबजार नगरपालिका १ तीनधारेस्थित सिद्धार्थ राजमार्गमा सुनौलीदेखि पोखरातर्फ आउँदै गरेको लु १ ख ९०७७ नम्बरको बस चेकजाच गर्ने क्रममा बसमा सवार परियारको साथबाट लागुऔषध ४५ एम्पुल, नुर्फिन ४५ एम्पुल, फेनरागन ४५ बरामद गरेको हो ।

शुक्रबार स्याङ्जा जिल्ला अदालतबाट नियन्त्रणमा लिई म्याद थप गरि  अनुसन्धान  कार्य भई रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय