स्याङ्जामा न्याय बाह्य पहुँच सम्बन्धी प्रशिक्षण

२०७९ असार ५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल

स्याङ्जा ५ असार । जिल्ला अदालत स्याङ्जाको आयोजना तथा उच्च अदालत पोखराको सहयोगमा न्यायमा बाह्य पहुँच कार्यक्रम गरिएको छ ।

स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायधीश डिल्लीराज आचार्यले कानून अझैं पनि न्यायपूर्ण नभएको बताउनुभयो ।

प्रमाणका आधारमा अदालतले न्याय दिने हुदाँ प्रमाण संकलक सुरक्षाकर्मीलाई स्थानीय तथा सरोकारवाला नागरिकले सकारात्मक सहयोग गर्नुपर्ने उहाँको भनाई छ । उहाँका अनुसार, ‘अझैं पनि २० प्रतिशत मुद्धा मात्र अदालतमा आउने गरेको र अन्य ८० प्रतिशत मुद्धाहरु अर्धनिकाय लगायत छलफल मार्फत मिलाइने हुँदा पाउन पाउनमा कठिनाई बनेको हो ।’

कार्यक्रममा जिल्ला न्यायधीश बसन्तराज पौडेल र सूर्यवहादुर थापा, उच्च अदालतका रजिष्टार श्रीलाल पौडेलले अदालत र अदालतहरुका काम, कर्तब्य अधिकार, क्षेत्राधिकार, चुनौती, न्यायमा पहुँच लगायत बिबिध बिषयमा छुट्टाछुटै कार्यपत्र प्रस्तुत भएका थियो ।

कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, अधिवक्ता तुलसी गिरी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, जनप्रतिनिधीहरु बिष्णुकुमार श्रेष्ठ, पवित्रादेवी लम्साल, एशोदा अर्याल लगायतले अदालतका काम कारवाहीका बारेमा आ आफना धारणा सहित सुझाव दिनुभएको छ ।

कार्यक्रममा पुतलीबजार नगरपालिका अन्र्तगतका १४ वटै वडाका जनप्रतिनिधीहरु, कानून ब्यवसायी, नागरिक समाज, पत्रकार लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय