ज्योति विकास बैंक वालिङ्ले गर्‍यो जेसिजलाई टिसर्ट वितरण

२०७९ असार ९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , ९ असार । ज्योति विकास बैंक वालिङ शाखाको शौजन्यमा वालिङ जेसिजका पदाधिकारीहरुलाइ टिसर्ट वितरण गरिएको छ ।

लामो समयदेखि सामाजिक काममा सक्रिय भुमिका निर्वाह गर्दै आएको वालिङ जेसिजलाई बैंकले करिब ६० थान टिसर्ट शौजन्य गरेको हो । विभिन्न सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएको संस्था वालिङ जेसिजलाइ सहयोग गर्न पाउँदा आफुहरु खुसी रहेको कार्यक्रमका प्रमुख अतिथि एवं ज्योति विकास बैंक वालिङ शाखाका प्रवन्धक कृष्ण प्रसाद काफ्ले बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिस्ट अतिथी एवं वालिङ जेसिजका पुर्व अध्यक्ष देव बोगटीले बैंकले गरेको शौजन्य प्रती खुसी व्यक्त गर्दै संस्थालाई आगामी दिनमा सामाजिक क्षेत्रका कार्यहरू गर्न थप हौसला मिलेको बताउनुभयो ।

वालिङ जेसिजले स्थापना काल देखी नै सामाजिक काममा सकृय भुमिकामा रहेर काम गर्दै आएको र यसै बिच बैंकले गरेको शौजन्य प्रती ज्योति विकास बैंक वालिङ शाखालाई बोगटिले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

जेसी शंकर सुबेदिको स्वागत सङ्गै भएको उक्त कार्यक्रम वालिङ जेसिज वर्ष २०२२ का अध्यक्ष जेसि धुर्व पङ्गेनीको अध्यक्षता तथा वालिङ जेसिजका सदस्य जेसि महेश रेग्मीको संचालन र सम्पुर्ण जेसिजका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय