गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा पाच दिने,सर्फ बनाउने तालिम समापन

२०७९ असार ९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ९ असार । गल्याङ नगरपालिका वडा न.३ को नेवार भवन मा गल्याङ चेम्बर अफ कमर्स ले पाचदिने,सर्फ बनाउने तालिमको समापन गरेको छ । गल्याङ का उद्योग ब्याबसायिलाइ मध्यनजर गर्दै गल्याङ चेम्बर अफ कमर्स का अध्यक्ष गङ्गा प्रसाद श्रेष्ठ  र प्रमुख अतिथी गल्याङ नगरपालिका नगर प्रमुख गुरु प्रसाद भट्टराई को आथित्यमा समापन भएको हो ।

गल्याङ चेम्बर अफ कमर्स ले आयोजना गरेको ५ दिने सरफ बनाउने तालिमको समापनमा बोल्दै प्रमुख अतिथी गल्याङ नगरपालिका प्रमुखले यी र यस्तै विभिन्न संघसस्था हरुले हातेमालो गर्दै गल्याङ लाई बिकास गर्न को लागि अघि बढिरहेका छ्न। यो सुनौलो अबसर मा तपाईहरुले तालिम लिइ सकिएपछी तपाई आफै यो सर्फ उत्पादन गर्नुस त्यसका लागि हामी सहयोग गर्नेछौ भन्दै कपडा धुने सर्फ दिनहु प्रयोग हुने हुदा सरफ बनाउने उधोगको को पनि पहल नगर ले गर्ने छ यसमा कतिको सम्भावना छ। यसको लागि चाहिने कच्चा पदार्थ र मेसिनहरु के के हुन कहाँ पाइन्छन। यस्ता उधोग कम्पनी सङ सल्लाह गरेर हाम्रो नगर मा पनि काम गर्न सक्ने कुरा सुझाब सल्लाह दिदै नगर बाट हुने साथ र सहयोग रहने कुरा प्रतिबद्ध गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै गल्याङ चेम्बर अफ कमर्स का अध्यक्ष गङ्गा प्रसाद श्रेष्ठले विभिन्न तालिम ल्याएर गल्याङका ब्याबसायीहरुलाइ तालिम आयोजना गरिरहेको छ ।  अबका दिनमा पनि नया नया तालिम ल्याएर यहाँ रहेका संघ सस्थाहरु सङ हातेमालो गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

यसै तालिममा ४८ जना ले तालिम लिनुभएको थियो भने पाच दिन सम्म यो सर्फ उत्पादन को लागि तालिम प्रदान गर्नुहुने प्रशिक्षक गुरु नमस्ते सोप ईनड्रस्टिक प्रा.लि का बुटवलका प्राेपाईटर मोतिराज खरेल साथै गल्याङ चेम्बरअफ कमर्स का सम्पुर्ण पदाधिकारिहरुलेको सहयोग मा समापन भएको छ । यसै कार्यक्रम मा स्वागत मन्तब्य चेम्बर अफ कमर्स का वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट ले गर्नुभएको थियो भने, शुभकामना मन्तव्य चेम्बर अफ कमर्स का उपाध्यक्ष कुमार श्रेष्ठ ,गल्याङ वडा न.३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई , स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघ का पुर्ब अध्यक्ष महेन्द्र श्रेष्ठ, गल्याङ बचत सहकारी का प्रबन्धक ओम थापा लगाएतले गर्नुभएको थियो । तालिम मा सहभागी सम्पुर्ण लाई प्रमाण पत्र बितरण गर्दै कार्यक्रम संचालन यसै सस्थाका महासचिब एबम भर्खरै निर्बाचित गल्याङ नगरपालिका वडा न.११ का वडा अध्यक्ष दल्बहादुर सिन्जालीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय