कल्पना भट्टराई
स्याङ्जा, १५ असार । फिल्महरु सफल हुनुमा जति पर्दामा देखिने कलाकारको भुमिका हुन्छ त्यो भन्दा बढी भुमिका पर्दा पछाडि रहेका कलाकारको हुन्छ । जहाँकहि पनि पर्दामा देखिनेको मात्रै चर्चा चल्ने गरेपनि पर्दा पछाडिका कलाकारको भने खासै चर्चा भएको पाइदैन ।
स्याङ्जा जिल्ला वासीको हरेक क्षेत्रमा सफल उपस्थिति भैइरहेको अवस्थामा फिल्म क्षेत्र सफल बनाउन अर्थात पर्दा पछाडिको क्षेत्रमा पनि यस जिल्ला वासीको सफल उपस्थिति भएको देखिन्छ । सानै उमेरदेखिको सोखलाई पेसामा परिणाम गरि करिब असि भन्दा बढी फिलिममा आफ्नो बलियो उपस्थिति जनाउनु भएकी सुष्मा कुमारी पौडेल (गिता) यो भुमिकाले अन्य क्षेत्र जस्तै यो क्षेत्रमा पनि स्याङ्जा जिल्लावासीको बलियो उपस्थिति छ भनेर भन्न सकिने अवस्था सिर्जना भएको छ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ५ सिम डाडामा बुवा रघुदत्त पौडेल र आमा कृष्णदेवी पौडेलको कोखबाट जन्मिनु भएकी सुष्मा कुमारी पौडेल (गिता) ले करिब डेढ दशक फिलिम क्षेत्रमा पर्दा पछाडि रहेर भुमिका निर्वाह गर्नुभएको छ । सानैदेखि छुट्टै स्वभाव बोक्नु भएकी पौडेल छोरी मान्छेले पनि केही गर्न सक्छन् भन्ने साहस बोकेका कारण आज यो क्षेत्रमा सफल भएको बताउनु भएको छ । सानैदेखि केही गर्नुपर्छ भन्ने थियो तर यहीँ क्षेत्र र यहीँ उदेश्य भन्ने थिएन । उहाँले आफ्नो अनुभव सुनाउनु भयो ।
सानैदेखि पुलिस, नर्स बन्न इच्छा राख्ने उहाँ प्रायः प्रहरीको आवेदन खुल्दा पुगि हाल्ने र निरन्तर उक्त क्षेत्रमा अयोग्य भएकै कारण यो क्षेत्रमा सफल हुनुभएको छ । फिलिम क्षेत्रमा मेकप संगै हेयर स्टाइलिसको काममा सफल पौडेल सानैदेखि स्कुलका अतिरिक्त क्रियाकलापमा कहिँ आफैले नेतृत्व गरेर त कहि सहभागी बनेर प्राय अतिरिक्त क्रियाकलाप नछाड्ने गरेको अनुभव सुनाउनु हुन्छ ।
पत्रीकामा भुटानीको नम्बर भेटेर त्यहीँ नम्बर लिएर २०५८ सालमा काठमाडौ जानू भएकी पौडेलले अभिभावकको रुपमा भुटानी बा लाई पाएपछि उहाँको यो क्षेत्र सफल हुँदै गएको अनुभव सुनाउनुहुन्छ। उहाँले भन्नुभयो “साप्ताहि पत्रीकामा प्रत्येक हप्ता एउटा एउटा कलाकारको विवरण आउने गर्थ्यो त्यो पत्रीका निरन्तर हेर्थे त्यहीँ पत्रीकामा भुटानी बा को नम्बर भेटाएर कक्षा १० पढ्दा पढ्दै पहिलोपटक काठमाडौ आए ।” आफुलाई कर्म दिने बुबाको रुपमा भुटानी बा लाई सम्झने पौडेलले भुटानी बा ले एस एल सि पास गरेर आउ भनेपछि एस एल सि पास गरेर आएर भुटानी बा कै घरमा बसेर यो क्षेत्रमा लागेको अनुभव सुनाउनुभयो । उहाँले अहिले पनि यो क्षेत्रमा भुटानी बा को छोरी भनेर चिन्ने गरेको समेत बताउनुभयो ।
नेपाल चलचित्र प्राविधिक संघमा दुई कार्यकाल सदस्य र हाल दोश्रो कार्यकाल कोषाध्यक्षको भुमिका निर्वाह गर्नुभएकी उहाँले काेभिडका कारण एक बर्ष देखि रोकिएको दशैं नेफ्टाको संयोजक बनी कार्यक्रम सफल पार्नुभएकाे थियाे । उहाँ यसरी कार्यक्रम गर्ने कार्यसमिति भित्रको पहिलो महिला संयोजक समेत हुनुहुन्थ्याे। पछिल्लाे समय फिल्म मेकअप स्टुडियो एण्ड ब्युटी हब पार्लर समेत सञ्चालन गर्नुभएकी उहाँले मेकअप सम्बन्धि थुप्रै कार्यक्रममा समेत निणार्यक भुमिका निर्वाह गरिसक्नुभएकाे छ ।
मुग्लान् , साथी, छोडी गए पाप लाग्गा, कोहि नुर, सानो सन्सार , तक्दिर, दुर्गा , दास ढुङ्गा, राम कहानी, मेरो लभ स्टोरी, ब्रेक फेल लगायत साना पर्दाका कथा देखि म्युजिक भिडियोमा मेकप संगै हेयर स्टाइलिसको क्षेत्रमा काम गर्नु भएकि पौडेल साहसी नारीका रुपमा चिनिनुहुन्छ ।