गरिमा बिकास बैंकले गर्‍यो टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षरोपण

२०७९ असार २८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २८ असार । गरिमा बिकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा बृहत वृक्षरोपण सम्पन्न गरेको छ ।

बढ्दो जलवायु परिवर्तनको न्युनिकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जगेर्ना र प्रबर्दन गर्ने हेतुले यश बैंकले आज मङ्गलबारको दिन टोखा नगरपालिका २ मा अवस्थित टोखा चण्डेश्वरी अस्पताल परिसरमा नगरपालिका प्रमुख प्रकाश अधिकारी र यश बैंकका प्रमुख कार्यकारि अधिकृत गोबिन्द प्रसाद ढकालको प्रमुख आतिथ्यमा कार्यक्रममा करिव २०० विभिन्न प्रजातिका फलफुलका बिरुवाहरु रोपिएको थियो ।

उक्त कार्यक्रममा टोखा नगरपालिका वडा न २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ , फ्रेन्डसिप ग्रुप अफ टोखाका सस्थापक अध्यक्ष केदार श्रेष्ठ र टोखा चण्डेश्वरी अस्पतालका अध्यक्ष युथ महर्जनहरुको उपस्थिति रहेको थियो ।

साथै उक्त कार्यक्रमको स्वागत मन्तव्य यस बैंकका नायव प्रमुख कार्यकारि अधिकृत माधव प्रसाद उपाध्यायले दिनुभएको थियोे । भने कार्यक्रम सञ्चालन सामान्य प्रशासन विभाग प्रमुख अनुमान श्रेष्ठले गर्नुभएको थियो । जसमा यस बैंकका सम्पुर्ण विभागिय प्रमुख तथा टोखा नगरपालिकाको स्थानीयहरुको उपस्थिति रहेको थियोे ।

यस बैंकले नेपालभर १२० शाखा कार्यालय ,१ एक्स्टेन्सन काउण्टर र ५१ एटीएमबाट सरल सुरक्षित एवम गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय