स्याङ्जामा कोभिडको नयाँ भेरियन्ट,स्वास्थ्य क्षेत्रमा थप कडाइ,मास्कको प्रयोगअनिवार्य,भीडभाड नगर्न अनुरोध

२०७९ श्रावण १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङजा, १७ साउन । स्याङ्जा जिल्लामा पुनः कोरोना महामारीको नयाँ भेरियन्टसहितको सङ्क्रमण देखिएको भन्दै जिल्ला कोभिड व्यवस्थापन केन्द्र स्याङ्जाको बैठक जिल्ला प्रशासन कार्यालय स्याङ्जामा सम्पन्न भएको छ । बैठकबाट प्रमुख जिल्ला अधिकारी तथा डिसिएमसीका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा बसी कोभिड सङ्क्रमणको नयाँ भेरियन्ट पुनः देखिएकाले सचेत बन्न सर्वसाधारणलाई अपिल गरिएको छ ।

जिल्लामा पुन कोरना संक्रमण देखिन थालेपछी जिल्ला प्रसाशन कार्यलय स्याङजाले स्वास्थ्य क्षेत्रमा थप कडाई गरेको छ । घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, सरकारी तथा सार्वजनिक निकायहरुले अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, धेरै मानिसहरु जम्मा हुने भीडभाडका क्रियाकलाप नगर्न अनुरोध गरिएको छ । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा जनस्वास्थ्यको पालना गर्नकालागि बैठकले जिल्लाबासीलाई अपिल गरेको प्रहरी वायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

भिडभाड हुने सपिङ मल, होटल तथा रेष्ट्ररेन्ट तथा अन्य प्रकारका व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड पालना हुन छाडेको तथा माक्सको प्रयोग नभएको पाईएपछी जोखिम न्युनिकरणका लागि काम थालिएको प्रमुख जिल्ला अधकारी राजु पौडेलले बताउनुभयो । जिल्लामा सङ्क्रमण फैलिन नदिन आम सर्वसाधारण, नागरिक समाज, पत्रकार, सङ्घसंस्था लगायत सबैले समन्वयकारी भूमिका निर्वाह गर्न पनि अपिल गरिएको स्वास्थ्यकार्यलय स्याङजाले जनाएको छ ।

एक हप्ताको अबधीमा स्याङजामा ८७ जना संक्रकण पुस्टी भएको छ । भने ५ बर्षदेखी ११ बर्षसम्मका बालबालिकालाइ तत्काल खोप सन्चालन गर्न लागिएको स्वास्थ्य कार्यलय स्याङजाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय