गल्याङ ५ बाट बलात्कारको आरोपमा एक जना पक्राउ, घास काट्न जाने क्रममा जङ्गलमा जबर्जस्ती करणी

२०७९ आश्विन १, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , १ असोज । गल्याङ नगरपालिका ५ स्यालबासबाट बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने बर्ष २१ रोशन पुङ्जाली रहेको प्रहरीले जनाएको छ ।

भदौ १७ गते साझको समयमा करिब ४०/४५ बर्षको महिलालाई जबर्जस्ती करणीको आरोप लागेका पुङ्जालीलाई हाल वडा प्रहरी कार्यलय वालिङ्को नियन्त्रणमा राखिएको डि एस पि ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । पीडितको जाहेरी अनुसार पुङ्जालीलाई भदै २७ प्रहरीले नियन्त्रणमा लिएर ७ दिनको म्याद थप गरि हाल वडा प्रहरी कार्यलय वालिङ्म राखिएको छ ।

जङ्गलको एकान्तमा घर भएकी महिला घरमा एक्लै बस्दै आएको बुझिएको छ । एक छोरा र दुई छोरीकि आमा समेत रहेकी महिलालाई घास काट्न जाने क्रममा जङ्गलमा जबर्जस्ती करणी गरेको बुझिएको छ । छोरीहरु बिहे गरेर घरमा गएको र एक छोरा रोजगारीको क्रममा रहेका बेला यस्तो घटना घटेको हो । श्रीमान समेत गुमाएकी महिलामा बौद्धिक अपाङ्गता र सुस्त श्रवण तथा बोलिमा समस्य भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय