गल्याङ नगरपालिका ५ मा पुरुष भलिबल प्रतियोगिता हुने

२०७९ आश्विन २, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज सुवेदी

स्याङ्जा,२ असोज । गल्याङ नगरपालिका ५ सल्यानमा रहेको जन मुक्ती युवा क्लबको आयोजनामा आउदो असोज १० गतेका दिन १२ औं ताम्किकोट कप तथा बिजया दशमिको पावन अवसरमा सल्यानको घरेलु खेल मैदानमा पुरुष भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

स्थानीय श्रोत साधन बिकासको पुर्वाधार,युवा सहभागीता राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ गल्याङ नगरपालिका ५ सल्यान स्याङ्जामा कार्यक्रम हुन लागेको हो । प्रतियोगितामा बिजेता टिमलाइ आकर्षक ट्रफी मेडल र प्रमाणपत्र सहित क्रमश प्रथम रु ५०,००० दितिय रु ३०,००० तृतीय रु १५,००० र सान्त्वना लाई रु ५००० रकम सहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सचीव कृष्ण रानाले जानकारी दिनुुभयो ।

सल्यानमा रहेको आफ्नो जातीय,सस्कृती,अस्तित्व, मौलिकता र ताम्किकोट मर्मत ब्यबस्थापन र ताम्किकोट होमस्टे ब्यबस्थापन गर्ने मुख्य उदेश्य रहेको क्लबका अध्यक्ष खेम रानाले हेर्ने कुरा अनलाइन लाइ बताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार